ओली प्रचण्ड वान टु वान वार्ता बालकोटमा सुरु
पार्टी एकताकाे गृहकार्यमा रहेकाे एमाले र माअाेवादी केन्द्रबीचकाे वार्ता सुरू भएकाे छ । अाेली निवास बालकाेटमा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता सुरू भएकाे हाे ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच एकपटक मात्र एकता संयोजन समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । शुक्रबार (हिजो) भएको तीन घण्टाको छलफलमा पनि ओली र प्रचण्डबीच कुनै सहमति जुट्न सकेन ।
पद बाँडफाँडमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो ।
prachanda-oli