राजनीति

प्रचण्डले कार्यकर्तालाई भने, ‘एमाले अघि–अघि, हामी पछि–पछि’

फेरिए प्रचण्ड

प्रचण्डले कार्यकर्तालाई भने, ‘एमाले अघि–अघि, हामी पछि–पछि’

काठमाडौं । केही महिनाअघिसम्म नेकपा एमालेप्रति कठोर बन्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वाम गठबन्धनपछि लचिलो देखिन थालेका छन् । वाम एकताको अभ्याससँगै उनी एमाले अध्यक्ष केपी ओलीप्रति पनि सकारात्मक रुपमा प्रस्तुत हुन्छन् ।

 

शनिबार मात्रै माओवादी पार्टी कार्यालयस्थित जनसांस्कृतिक महासंघको एक कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुले भन्दा धेरै अघि नै एमालेले सशस्त्र संघर्ष गरिसकेको बताए । सशस्त्र संघर्ष र संसदीय अभ्यासमा पनि एमाले अघि रहेको उनको भनाइ थियो ।

 

बैचारिक रुपमा आफूहरु बिलय नभएको भन्दै उनले तत्कालिन मालेको राजनीति आफूहरुको भन्दा अघि रहेको बताएका छन् । ‘सशस्त्र संघर्षमा एमाले अघि अघि रह्यो, हामी पछि पछि आयौँ,’ उनले भने, ‘संसदीय राजनीतिमा पनि एमाले अघि अघि लाग्यो, हामी पछि पछि आयौँ ।’

 

यसबाहेक माओवादीका केही असन्तुष्ट नेताहरुले पार्टी छोड्ने तयारीबारे भने उनले कडा रुपमा अभिव्यक्ति दिएका छन् । सुरुमा वाम एकताको कुरा गर्ने तर पछि आएर भाग्न खोजेको भन्दै आहुति, बलराम तिमिल्सिना लगाय नेताहरुप्रति असन्तुष्टि पोखे ।

 

विशेष