राजनीति

एक हप्तामा नीति र नेतृत्वबारे सहमति हुन्छः नेता खनाल

एक हप्तामा नीति र नेतृत्वबारे सहमति हुन्छः नेता खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अबको एक हप्ताभित्रै एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टीको नीति र नेतृत्वका विषयमा सहमति हुने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले आज काठमाडौंमा गरेको साक्षात्कारका वरिष्ठ नेता खनालले अब बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकताबारे ठोस निर्णय गर्ने बताए ।

वरिष्ठ नेता खनालले फागुनको दोश्रो हप्ताभित्रै एमालेको नेतृत्वमा वाम गठबन्धनको सरकार गठन हुने बताए ।

एक प्रश्नको जवाफमा वरिष्ठ नेता खनालले लोकतान्त्रिक आन्दोलन एवं राष्ट्रलाई पुर्याएको योगदानको आधारमा राष्ट्रपतिको चयन हुनुपर्ने र पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्ने समेत स्पष्ट गरे ।

 

Jhalanath Khanal

विशेष