वैचारिक कार्यदिशा बनाएर अघि बढिनेः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी एकले अर्काको पूर्ण समर्थन गरेर परिस्थिति सुहाँउदो वैचारिक कार्यदिशा बनाएर अघि बढ्ने बताएका छन् ।
माओवादी केन्द्रसम्बद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कुनै कारण नभएको बताए ।
अध्यक्ष प्रचण्डले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताए ।
उनले एमाले र माओवादीबीचको एकताको विरोध गर्नुको कुनै औचित्य छैन भने ।