राजनीति

कांग्रेस बैठकः अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने निर्णय, बैठकमा कसले के भने ?

कांग्रेस बैठकः अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने निर्णय, बैठकमा कसले के भने ?


काठमाडौं । कांग्रेसले अहिलेसम्म अवसर नपाएका नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझाबलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरूलाई उम्मेदवार बनाउने,’ कांग्रेस निर्णयमा उल्लेख छ ।

 

संविधान कार्यान्वयनले समृद्धिको ढोका खोल्यो
हालै भएका निर्वाचनले नयाँ संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटोमा लगेको कांग्रेसले जनाएको छ । ‘समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवं समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम निर्वाचनले गरेको छ,’ कांग्रेस निर्णयमा भनिएको छ, ‘संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोसेढुंगा साबित भएको छ ।’

 

समीक्षा बैठकका लागि प्रतिवेदन माग
आगामी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचन समीक्षा हुने भन्दै कांग्रेसले पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित, प्रदेश र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका पार्टीका उम्मेदवारले एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन ल्याउन निर्देशन दिएको छ । केन्द्रीय सदस्य डा। प्रकाशशरण महतका अनुसार जिल्लाबाट निर्वाचनमा भएका हारसहितका विषय उल्लेख भएर आएका प्रतिवेदनपछि केन्द्रीय समीक्षा बैठक हुनेछ । सोही बैठकले महासमिति बैठक डाक्ने र विधान संशोधन गर्ने उनले बताए ।

 

निर्वाचन गराएकोमा धन्यवाद
बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर महत्वपूर्ण जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयनका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद दिएको छ । निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, निर्वाचन सफल बनाउन खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलहरू, सञ्चारमाध्यम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्ने जनतालाई धन्यवाद दिइएको छ ।

 

बैठकमा कसले के भने ?

महासमिति बैठकपछि कांग्रेसमा नयाँ रक्तसञ्चारः देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीले आशा गरेअनुसार सफलता प्राप्त गर्न नसकेको स्विकार्दै महासमिति बैठकले नयाँ रक्तसञ्चार गराउने बताएका छन् । ‘परिणामका पछाडि जे–जे कारण होलान्, ती सबैका सन्दर्भमा समय लिएरै व्यापक रूपले गम्भीर समीक्षा÷छलफल एवं अन्तक्र्रिया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहरूलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु,’ देउवाले केन्द्रीय समिति बैठकमा भने, ‘निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ । राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुने गरी आगामी रणनीति तय गर्न महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्नेछ ।’

 

संविधानअनुरूपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न विधान संशोधन गर्ने, पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थालाई थप सुदृढ, गतिशील र सशक्त बनाउन नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

 

देउवाले ठट्टा गर्दै भने, धकेलेरै निकाल्ने हो त ?
सभापतिले देउवाले बैठकको बिट मार्दै भने, ‘माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र प्रश्न उठ्यो, मेरो आलोचना भयो । माओवादीसँग गठबन्धन भएको भए हामी यति खुम्चनुपर्ने थिएन । मधेसीसँग गठबन्धन गरौँ भन्दा आफैँ जित्छौँ भन्ने विश्लेषण पार्टीबाटै आए, यसकारण मधेसीसँग गठबन्धन हुन सकेन ।’ उनले युवाहरूलाई नहतारिन, तर जिम्मेवार हुन आग्रह गरे । ‘समयक्रममा पुस्ता हस्तान्तरण हुन्छ । धकेलेर निकाल्छु भन्नुभयो भने हामी पनि अडिन खोज्नुपर्‍यो नि, धक्का खाएर नै निस्कनु त भएन,’ व्यंग्यात्मक शैलीमा ठट्टा गर्दै देउवाले भने, ‘जिम्मेवारी हाम्रै काँधमा आयो भन्ने ठानेर युवाहरूले काम गर्नुस् । समयक्रममा तपाईंहरूले नै काम गर्ने हो ।’

 

पौडेलले भने धेरै गर्‍यौँ
नेता रामचन्द्र पौडेलले राष्ट्रियताको संवद्र्धनदेखि संविधानको स्वीकार्यता बढाउन कांग्रेसले अग्रणी भूमिका खेलेको बताए । ‘तीन दलले मात्र संविधान कार्यान्वयन गर्न सकेनन् । हामीले मधेसीलाई ल्यायौँ,’ उनले भने, ‘संविधानमा बहुलवादसहितको संरचनालाई स्थापित ग¥यौँ । यसकारण हामी सफल पुस्ता हौँ ।’

पुराना पात झरेपछि‘ः बलबहादुुर केसी
हिजो विधान नखोजेर पनि बिपीका कार्यकर्ता सहिद हुन तयार थिए । तर, आज विधानभन्दा राजनीतिक सहमति ठूलो भनिँदै छ, गरिँदै छ । विधानभन्दा सहमति ठूलो कुरा होइन । यसकारण विधानअनुसार पार्टी चल्नुपर्छ । रूख बाँच्नका लागि प्राकृतिक रूपमै पुराना पात झर्छन् । नयाँ पालुवा पलाउँछन् । त्यस्तै गरी पार्टीमा पनि पुरानाले विश्राम लिनुपर्छ ।

 

सहमति दिने अनि विरोध गर्ने ?ः बालकृष्ण खाण
१८ वर्षदेखि कार्यसम्पादन बन्न सकेको थिएन, तर अहिले बनेको छ । बल्ल बनेको समितिमा नेताहरू बस्नुभएको छ । संसदीय समितिमा पनि नेताहरू हुनुहुन्छ । तर, अहिले आएर विधानसम्मत भएन भन्नु गलत हो । राष्ट्रिय सभामा भूमिका नपाएकालाई अवसर दिउँ ।

 

धम्कीबाट डराउँदैनौँः प्रकाशमान सिंह
हामीले निर्वाचनमा गठबन्धन गर्‍यौँ, तर कस्तो खालको गठबन्धन हो रु लोकतान्त्रिक हो भने हामीले अरूलाई सहयोग गर्नुपर्ने अरूले किन सहयोग गरेनन् रु उम्मेदवार चयनमा पनि कार्यसमितिले पास गरेको कुरालाई सभापतिले किन नमानेको रु एकजनाबाहेक नदोहोर्‍याउने भन्ने थियो, तर किन दोहोर्‍याएको रु हामी संसदीय समितिमा बसेकैले समानुपातिकको सूची हेर्न पाएनौँ । अब यसरी पार्टी चल्न सक्दैन । बैठक र बाहिर बोलेको विषयलाई लिएर सभापति र उहाँका मान्छेले अनुशासनको कारबाही गर्छु भनेर धम्की दिनुभएको छ । धम्कीबाट कोही डराउँदैनौँ । पञ्चायतलाई परास्त गरेर आएका हौँ । यस्ता डरधम्कीले हाम्रो आवाजलाई रोक्नेछैन ।

 

हामी मधेसीलाई बोक्ने, उनीहरू लात हान्नेः शेखर कोइराला
संसदीय समिति अवैधानिक छ । म आजदेखि यस समितिमा नरहेको जानकारी गराउँछु । कार्यसम्पादन समिति पनि अवैधानिक छ, यो पनि विघटन हुनुपर्छ । गठबन्धनमा हामीले मधेसी मोर्चालाई च्यापिरह्यौँ । तर, मधेसी मोर्चाले लात हानिरहेको छ । मोर्चालाई मात्र खुसी पारेर हामी बलियो हुँदैनौँ । राष्ट्रिय सभामा अवसर नपाएकालाई अवसर दिउँ । पार्टीमा गल्ती भएका छन्, गल्तीको ‘रियलाइजेसन’ सबैले गर्नुपर्छ । विधानअनुसार पार्टी चल्नुपर्छ । महासमिति बैठक फागुनमा राख्नुपर्छ ।

 

अवसर दिनुस्ः जीवन परियार
अवसर पाएकालाई राष्ट्रिय सभामा दोहोर्‍याउनुहुन्न । केन्द्र्रीय सदस्य भएर पनि अवसर नपाएकालाई उम्मेदवार बनाएर जाउँ । विधानविपरीतका कार्यसम्पादन र संसदीय समिति खारेज गरौँ ।

 

पौडेलको गुनासोको अर्थ छैनः उमाकान्त चौधरी
कार्यसम्पादन र संसदीय समिति अवैधानिक छन् । आजैका मितिबाट विघटन गरौँ । समानुपातिककको सूची बुझाउँदा, सभापतिजी र रामचन्द्र पौडेलजीले एकलौटी गर्नुभयो । हामीलाई सूची हेर्न दिइएन । अहिले आएर पौडेलले गुनासो गर्नुको कुनै अर्थ छैन ।

 

विधानको सर्वोच्चता मान्नुपर्छः बद्री पाण्डे
विधानको सर्वोच्चता सबैले मान्नुपर्छ । अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउनुपर्छ ।

 

धेरै गर्नुभयो, अब अरूलाई गर्ने अवसर दिनुस्ः गगन थापा
मुलुकमा भएका सबै आन्दोलनमा कांग्रेस नेताहरूको योगदान अतुलनीय छ । पार्टीलाई जोगाउन नेताले धेरै राम्रो काम गर्दै आउनुभएको छ । देश, लोकतन्त्र र जनताका लागि तपाईंहरूको कामप्रति हामो सम्मान छ । तपाईंहरूले धेरै गर्नुभयो । अब सक्रिय राजनीतिक जीवनबाट मुक्त भएको घोषणा गर्न आग्रह गर्दछु । यसो भएमा कांग्रेस, देश र लोकतन्त्रलाई राम्रो हुन्छ । महासमिति बैठकलाई नेतृत्वले आफ्नो अप्ठ्यारो व्यवस्थापन गर्न उपयोग नगरोस् । यस्तो भए दुर्भाग्यपूर्ण हुन्छ । यसैले अर्ली महाधिवेशनतर्फ जानुपर्छ ।

 

हारेकालाई अवसर दिउँः अजय चौरसिया
पार्टीका सिनियर नेताहरू निर्वाचनमा हार्नुभएको छ । राजनीतिमा जिम्मेवार नेताहरू आवश्यक पर्छन् । तसर्थ निर्वाचनमा हारेका नेताहरूलाई पनि राष्ट्रिय सभामा अवसर दिनुपर्छ ।

 

प्रवक्ता हुनेले निरुत्साहित गराउने ?ः किशोरसिंह राठोर
पार्टी प्रवक्ता हुने नेताले नै पार्टी आइसियूमा छ भन्ने रु यति निरुत्साहित गर्ने अनि पार्टी बिरामी छ भन्न मिल्छ रु

 

पौडेलजीले च्याप्नु भो, देखाउनुभएनः कृष्णप्रसाद सिटौला
समानुपातिक सूचीमा सभापति र पौडेलले हदैसम्मको एकलौटी गरेकै हो । त्यतिवेला सभापतिको ज्यादती उत्कर्षमा थियो । हामीले समानुपातिक लिस्ट हेर्नसमेत पाएनौँ । यस्तो गल्ती सभापतिले अब कहिल्यै गर्नुभएन । त्यतिवेला पनि यी समिति विधानविपरीत छन् भनेकै हौँ । तर, पौडेलजीले देउवासँग सहमति गर्नुभयो । लिस्ट देखाउनुभएन, च्यापेर हिँड्नुभयो । देखाएको भए विरोध गर्न बल पुग्थ्यो । सभापतिको एकलौटीमा बल दिनुभयो । अहिले आएर कुन मुखले विधानविपरीत भन्दै हुनुहुन्छ रु पार्टी विधि र प्रक्रियाअनुसार चल्नुपर्छ । निर्णय पारदर्शी हुनुपर्छ, पार्टीमा सबैले सम्मान पाउनुपर्छ ।

 

०४८ देखिको समीक्षा गरौँः पूर्णबहादुर खड्का
समीक्षा गर्दा अहिलेको निर्वाचन मात्र होइन, ०४८ देखिको गर्नुपर्छ । वर्तमान सभापतिलाई साधारण सदस्यबाट निकालेकोदेखि, पार्टी फुटेको र अहिलेसम्मको वस्तुस्थितिको विश्लेषण गरेपछि मात्र सत्यतथ्य पत्ता लाग्छ । हामीले विधानविपरीत समिति नबनाउन भनेको हो । पौडेलजीले सभापतिसँगको सहमतिमा बनाउनुभयो । अहिले कसरी र किन विधानविपरीत भन्दै हुनुहुन्छ रु विधानअनुसार पार्टी चल्नुपर्छ । यो प्रक्रिया आजैबाट सुरु गरौँ ।

 

गठबन्धन बलियो भएनः प्रदीप गिरी
कम्युनिस्टहरू मिलेर बलियो बने । तर, लोकतान्त्रिक गठबन्धन बलियो भएन । यसैले हामी हार्‍यौँ।

विशेष