राजनीति

सातै प्रदेशका सभासदले सपथ लिए

सातै प्रदेशका सभासदले सपथ लिए


काठमाडौँ । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ ।


संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन्।

 

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो।

 

आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनुपरेको हो। आइतबारै सबै प्रदेशमा शपथग्रहण गराउनुपर्ने भएपछि रातारात तयारी गरिएको थियो।

२ नम्बर प्रदेशको शपथ ग्रहणमा केही सांसदहरुले आफूले जुन भाषामा शपथ लिएको हो त्यही भाषाको शपथपत्रमा हस्ताक्षर गरेका छन् । कतिपय सांसदहरुले नेपाली भाषाको शपथपत्रमा हस्ताक्षर नगर्ने भनेपछि नेपालीसहित मैथिली र भोजपुरी भाषाको शपथपत्रमा हस्ताक्षर गर्न दिइएको थियो ।

विशेष