राजनीति

वाम एकतापछि नयाँ पार्टीको कार्यालय पेरिसडाँडामा राख्ने पहल

माओवादी नेता भन्छन्ः धुम्बाराहीमा अप्ठ्यारो पर्नसक्छ

वाम एकतापछि नयाँ पार्टीको कार्यालय पेरिसडाँडामा राख्ने पहल

काठमाडौं । वाम एकता अभ्यासमा पार्टी संगठन र बैचारिक बहस मात्रै भएको छैन । पार्टीका नेताहरुबीच नयाँ एकीकृत पार्टीको कार्यालय कहाँ राख्ने भन्ने बारे पनि बहस र छलफल हुन थालेको छ ।

 

खासगरी पार्टीका दोस्रो, तेस्रो तहका नेता र नेता निकट कार्यकर्ताहरुले पार्टी कार्यालय कहाँ रहने भन्ने बारे पनि बहस गर्न थालेका हुन् । यसरी छलफल गर्नेमा नेकपा एमाले भन्दा माओवादी केन्द्रका कार्यकर्ता अगाडि छन् ।

 

पेरिस डाँडामा रहेको माओवादी केन्द्रको बर्तमान पार्टी कार्यालय आकर्षक, ठूलो स्पेश र पायक पर्ने भएकाले सोही कार्यालयलाई नयाँ एकीकृत पार्टीको कार्यालय बनाउने छलफल माओवादी नेताहरु गर्छन् ।

 

पार्टी कार्यालय परिसरमा भेला भइ उनीहरु न्यानो घाममा चिया, सुन्तला र बदाम मात्रै खाँदैनन्, पार्टी कार्यालय, पार्टीको नाम र झण्डा बारे पनि चर्काचर्की बहस गर्छन् ।

 

किन पेरिसडाँडा ?

धुम्बाराहीस्थित एमालेको वर्तमान कार्यालय भएको भवनबारे पनि केही विवाद यथावत छन् । शेर्पा समुदायको निजी भवन भएकाले सुरुदेखि नै त्यस भवन बारे विवाद हुँदैआएको थियो ।

 

अर्कोतर्फ भाडा समेत सस्तो तिर्ने गरी एमालेले उक्त भवन भोगचलन गर्दैआएको छ । यस्तो अवस्थामा भविष्यमा कानुनी अड्चन आउनसक्ने सम्भावना माओवादी कार्यकर्ता बृत्तले देखेका हुन् ।


यस हिसावले पनि कोटेश्वर पायक पर्ने ठाउँ मात्रै नभएर माओवादी केन्द्रको कार्यालय भएको कार्यालय फराकिलो र आकर्ष पनि भएको भन्दै सोही स्थानमा नयाँ वाम पार्टीको कार्यालय राख्नुपर्ने लबी माओवादी कार्यकर्ताले गर्न थालेका छन् ।

 

विशेष