राजनीति भिडियो

‘बाबुरामजीको पनि चाहना छ, वाम एकतामा आउनुहुन्छ’ (भिडियाेसहित)

'ओलीको सट्टा अर्को नेतालाई प्रधानमन्त्री बनाउन पनि सक्छ एमालेले'

‘बाबुरामजीको पनि चाहना छ, वाम एकतामा आउनुहुन्छ’ (भिडियाेसहित)

काठमाडौं । वाम एकता अभ्यास जारी रहँदा दुबै पार्टीका नेताहरुले बहस जारी राखेका छन् । यद्यपि एकताको टुंगो लागेको छैन ।


बालकोटस्थित केपी ओलीको निवासमा ओली–प्रचण्ड ‘वान टु वान’ वार्ता सकिनेबित्तिकै नेपालआजको स्टुडियोमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलसँग अन्तरवार्ता गरियो ।


धेरै पहिलेदेखि नै वाम ध्रुवीकरणको आवाज उठाउँदैआएका नेता पौडेलले आधा घण्टाको अन्तरवार्तामा एकता हुनेमा विश्वस्त रहेको बताए । आगामी फागुनभित्र वाम एकता र नयाँ सरकार गठन प्रक्रिया सम्पन्न हुने पनि उनले बताए ।


एमालेका केही नेताले केहीअघि प्रचण्डलाई नयाँ एकीकृत पार्टीको अध्यक्ष स्विकार गर्न नसकिने तर्क गरेको प्रसंगमा उनले अस्विकार गर्ने कुनै कारण नरहेको भन्दै आफ्नो मत राखेका छन् ।


वाम एकता आवस्यकता भएकाले त्यसप्रति दुबै पार्टीबीच विश्वास भएको पनि नेता पौडेलले बताएका थिए । ‘माओवादीलाई एमालेले बाघ–भालू सम्झिने भए त एकता अभ्यास नै हुँदैनथ्यो,’ नेता पौडेलले भने, ‘हामी विश्वस्त छौँ । एकता दुई नेताको मात्रै विषय रहेन अब । यो त आम जनताको विषय भइसक्यो ।’

 

विशेष