राजनीति

सातै प्रदेशमा मतदाता नामावली प्रकाशित

सातै प्रदेशमा मतदाता नामावली प्रकाशित

काठमाडौं । राष्ट्रियसभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनको (निर्वाचनमन्डल) मतदाता नामावली आइतबार प्रकाशित गरिएको छ ।

निर्वाचन आयोगकाअनुसार सातओटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली प्रकाशित भएको हो ।

प्रदेश नम्बर–१ मा मोरङ जिल्लाको विराटनगर, प्रदेश नम्बर–२ मा धनुषाको जनकपुरधाम, प्रदेश नम्बर–३ मा ललितपुरको पाटन, प्रदेश नम्बर–४ मा कास्कीको पोखरा, प्रदेश नम्बर–५ मा दाङ, प्रदेश नम्बर–६ मा सुर्खेत र प्रदेश नम्बर–७ मा डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य गरी कुल दुई हजार ५६ जना मतदाता रहेका छन् ।

nirbachan aayog matdata namawali

विशेष