राजनीति

विष्णु रिमालले योगेश भट्टराईलाई माक–फुँई भनेपछि.....

विष्णु रिमालले योगेश भट्टराईलाई माक–फुँई भनेपछि.....

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई राजनीतिबाट सन्यास लिन सचिव योगेश भट्टराईले गरेको आग्रहलाई पार्टीभित्र कै नेताले कडा प्रतिवाद गरेका छन् ।
आइतबार पेशगत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझाब दिएका थिए ।

ओली र दाहालले पार्टी एकता गरेपछि त्यसभन्दा ठूलो काम गर्ने ठाउँ नै नभएकाले सन्यास लिएर सम्मानित भएर बस्नुपर्ने सचिव भट्टराईले भनाइ थियो ।

भट्टराईको यस्तो धारणाप्रति एमाले नेता विष्णु रिमालले ट्वीटरमार्फत असहमति जनाएका छन् । सोमबार रिमालले ट्वीटरमा ओलीकै सहयोगका कारण चुनाव जित्नेले गुन बिर्सिएको भन्दै आपत्ति जनाएका छन् ।  योगेशको अभिव्यक्तिप्रति रिमालले यस्तो लेखेका छन् ।

विशेष