राजनीति

तयार रहन वैद्यको कार्यकर्तालाई निर्देशन

तयार रहन वैद्यको कार्यकर्तालाई निर्देशन


काठमाडौं। नेकपा क्रान्तीकारी माओवादीले नेपालमा क्रान्तिको आवश्यक्ता महशुस गरि सबै माओवादी पार्टी एक हुन आव्हान गरेको छ । यसका लागि तयारीमा जुट्न आफ्ना नेता कार्यक्रतालाई निर्देशन पनि दिएको छ ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासंग पार्टी एकताको अन्तिम तयारीमा रहेका मोहन बैद्यले भने “जनक्रान्तीका लागि माओवादी केन्द्रसंग पनि एकता गरेर अगाडी बढ्नुपर्ने हुनसक्छ । ”

माओवादी केन्द्र भित्र असन्तुष्टी राख्नेहरु धेरै भएको भन्दै उनले माओवाद मान्नेहरुलाई आफुले समेट्ने दावी गरे । ‘ठुलो जमात असन्तुष्ट रहेकाले सच्चा क्रान्तीकारीहरुको एकता आवश्यक छ हामी सबै माओवादीहरुलाई हाम्रो एकता प्रक्रियामा सहभागी हुन आव्हान गर्दछौँ ‘, उनले भने ।

विशेष