राजनीति

प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो


कपिलवस्तु । पाँच नम्बरको प्रदेशको राजधानी कपिलवस्तु बनाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ ।

कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी हुनुपर्ने भन्दै प्रर्दशन गरिएको हो । प्रदर्शनकारीले सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेका संघर्ष समितीका संयोजक रउफ अहमद खाँले बताए ।

आन्दोलन निरन्तर रहने र प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत बुझाइने समितीका सदस्य बृजेश भटराले बताए ।

जिल्लाका युवाहरु संगठित रुपमै प्रदेश राजधानी कपिलवस्तुमा हुनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । खुला संग्रहालय, गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल भएकाले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने खाँले बताए ।

कपिलवस्तु प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त भूमि, समतल भू–भागको उपलब्धता, अन्य जिल्लाको तुलनामा कपिलवस्तु उत्तम भएको उनीहरुको भनाई छ ।

विशेष