राजनीति

दाङमा आमहड्ताल र बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन हुँदै

दाङमा आमहड्ताल र बन्द फिर्ता, आन्दोलनको स्वरुप परिवर्तन हुँदै

दाङ । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द गएरातिदेखि फिर्ता भएको छ । संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले हाललाई बन्द र हड्तालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको हो ।

 

राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिँदै केही समयका लागि बन्द र हड्तालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।

 

बन्दका कार्यक्रम स्थगित भएपछि लामो समयदेखि पूर्व पश्चिम राजमार्गत अन्तर्गत दाङको सिमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन् ।

जिल्लाभित्र पनि यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् ।

 

बैठकले आन्दोलनका रुवरुप परिवर्तन गरी नयाँ कार्यक्रम तय गरेको संघर्ष समितिका सचिव एवं माओवादी केन्द्रका जिल्ला सहईञ्चार्ज निर्मल आचार्यले जानकारी दिए ।

 

अब कालोझन्डा प्रदर्शन, डेलिगेसन, बिरोधसभा, रिले अनशन, धर्ना, कानुनी उपचार जस्ता कार्यक्रम गरिने उनले बताए ।

विशेष