विचित्र विश्व

यसकारण अमेरिकाबाट लखेटिएका थिए भारतीय यौन गुरु रजनीश

यसकारण अमेरिकाबाट लखेटिएका थिए भारतीय यौन गुरु रजनीश


काठमाडौं । भारतीय धर्मगुरु रजनीशको बारेमा उनका एक शिष्यले रहस्य खोलेकी छिन् । रजनीशका एेन नामक एक शिष्यले एउटा पुस्तकमार्फत् उनीबारे केही लुकेका रहस्यहरू खोलेकी हुन् । रजनीश अमेरिकाबाट किन लखेटिए भन्ने रहस्यलार्इ खोतल्दै एेनले पु्स्तक प्रकाशन गरेकी छन् ।

रजनीशले आफ्नो शिक्षाले संसार बदल्ने दाबी गर्थे । उनका शिष्यहरू स्वप्नील संसारमा बाँचिरहेका हुन्थे । रजनीशका एक शिष्य ब्रिटिश मनोवैज्ञानिक ग्यारेट भन्छिन्, “हामी एउटा सपनाको संसारमा बाँचिरहेका थियौं । हाँसो, स्वतन्त्रता, स्वार्थहीनता, यौन स्वतन्त्रता, प्रेमलगायत सबैकुरा हुन्थ्यो ।”

आफ्ना चेलाहरूलार्इ रजनीश भन्थे, मनले इच्छाएको सबैथोक गर्नू । सबै किसिमको बन्धन तोड्नू । शिष्यहरू समूहमा बस्ने, हाँसीमजाक गर्ने र नाङ्गै बस्ने गरेको ग्यारेटको अनुभव छ ।

स्वतन्त्र सेक्सलार्इ रजनीश एकदम सामान्य रूपमा लिन्थे । उनी सत्य परम्परा नभर्इ शाश्वत रूपले नयाँ हो भन्थे । उक्त शाश्वत रूप हरेक व्यक्तिभित्र स्वतः उब्जिने कुरा उनी बताउँथे ।

ओशोले अमेरिकाको ओरेगनका अधिकारीहरूसँग अनुमति लिएर आफ्ना शिष्यहरूको एउटा बस्ती नै बसालेका थिए । ओरेगन पुग्नेमध्येको एक एेन पनि थिइन् जसले आफ्नो सर्वस्व त्यागेर ओशोको शरणमा लीन हुन पुगेकी थिइन् । उनी भन्छिन्,” मलार्इ लाग्थ्यो यी महान् गुरुले नयाँ बाटो देखाउन खोज्दै हुनुहुन्छ । मैले मनको कुरा सुनें र निर्णय गरें ।”

एेनले घरबार एवम् सारा सामान बेचेर रजनीशको आश्रमलार्इ सुम्पिन् । उनी र उनका साथीहरूलार्इ अब आजीवन ओरेगनमा बसिन्छ जस्तो लागेको थियो । उनलार्इ अन्य शिष्यहरूले महंगा उपहारहरूको वर्षा नै गरे ।

ओरेगनका एक अधिकारी डेन डेरो भन्छन्, रजनीशका चेलाहरूको संख्या असीमित रूपले बढ्न गयो । उनीहरूले त्यहाँ खेतीपाती मात्र गरेनन्, शपिंग मल खोले, एअरपोर्ट बनाए, एउटा विशाल आत्मनिर्भर सहर नै बसाए ।

सन् १९८२ मा रजनीशका चेलाहरूले ‘रजनीशपुरम’ नामक सहरको दर्ता नै गराउन चाहेका थिए तर त्यसको स्थानीयबासीले विरोध गरे । प्रेम र शान्तिका लागि रजनीशको शरणमा आएकी एेन भने अचम्ममा परिन् ।

पछि के पनि पत्ता लाग्यो भने रजनीशका शिष्यहरूले विषालु सालमोनेला ब्याक्टेरियाको प्रयोग गरेर स्थानीयलार्इ बिरामी बनार्इ चुनावको नतिजा आफ्नो पक्षमा पार्ने घिनलाग्दो हर्कत गरे । सोही घटनाको परिणामस्वरूप १९८५ मा कैयौं शिष्यहरू उक्त आश्रम छोडी युरोप फर्किए भने नियम उल्लंघन गरेको आरोपमा रजनीशलार्इ पनि भारत फिर्ता पठाइएको थियो । सन् १९९० मा उनको मृत्यु भारतमै भयो ।

यस घटनाबाट निराश बनेकी एेनले अब यी सब चिज त्यागेर पुनस् सामान्य जीवनमा फर्किन् र यी यावत् अनुभवलार्इ समेटेर पुस्तक तयार गरिन् ।

विशेष