राजनीति भिडियो

रवीन्द्र मिश्रको मनछुने भाषणः चुनावी अनुभवदेखि कविता वाचनसम्म (भिडियाेसहित)

'अरु नेताले १० वर्षमा गरेको अनुभव मैले १० महिनामा गरेँ'

रवीन्द्र मिश्रको मनछुने भाषणः चुनावी अनुभवदेखि कविता वाचनसम्म (भिडियाेसहित)

काठमाडौं । चुनावपछि मौन जस्तै रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पछिल्लो साता अनामनगरस्थित एक कलामयी कार्यक्रममा झुल्किए ।

 

पछिल्लो शनिबार मिश्र आफ्ना थुप्रै सुभचिन्तक, समर्थकमाझ भावुक भएर चुनावी अनुभव सुनाएका हुन् । यसबीचमा अन्य नेताहरुले १० वर्षमा भोगेको अनुभव आफूले १० महिनामा भोगेको बताए ।

 

घरका छतबाट दगुर्दै आएर अंकमाल गरेका घटना देखि बृद्धहरुले अंकमाल गर्दै धरधर्ती रोएका घटना सम्झेर उनी भावुक पनि भए । साथै यसपटक बलियो तयारी नभए पनि झिनो मतान्तरले हार्नु परे पनि अर्को पटक आफूहरुले जित्नेमा विश्वस्त रहेको मिश्रले बताए ।

 

 

यति छोटो अवधिमै धेरै जनताले सहयोग गरेकोमा खुसी हुँदै मिश्रले आगामी चुनावमा संगठन बनाएर देशभर िउम्मेदवार बनाउने पनि बताएका थिए ।

 

खासगरी मिश्रको यसपटकको कार्यक्रम भिन्न देखिन्थ्यो । उनले आफ्ना चुनावी अनुभवले नयाँ सिकाइ भएको भन्दै कलाबारे पनि आफ्ना बिचार राखे ।

 

कला पनि राजनीतिको महत्वपूर्ण पाटो भएको उनको भनाइ थियो । काठमाडौंलाई ‘कला मरेको सहर’ भन्दै उनले कलाले राजनीतिलाई उपयोगी बनाउनसक्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा उनले कविता वाचन समेत गरेका थिए ।

 

विशेष