कला साहित्य

मन गहिरेका मनका कथाकाे चिरफार

मन गहिरेका मनका कथाकाे चिरफार

काठमाडाैं । शताव्दी साहित्य प्रतिष्ठान र सिसारले तानसेन, पाल्पाकी कथाकार मन गहिरेको कथा संग्रह मनका कथाहरूको अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस, बागबजारमा सम्पन गरेको छ । राजधानीमा अायाेजित उक्त कार्यक्रममा बौद्दिक व्यक्तित्वले गहिरेका मनका कथाका बारेमा चिरफार गरेका छन् ।

शताव्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेलको सभापतित्वमा सुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कथाकार माया ठकुरीले समाजमा महिला लेखकलार्इ सकारात्मक रूपमा बुझ्ने अवस्था अझै आइनसकेकोले आफैं अग्रसर हुनु धारणा राखिन् । 

 

विशेष अतिथीहरूमा कथाकार भागिरथी श्रेष्टले निरन्तरता दिएमा अवस्य सफल भइने बताए ।  कथाकार रामप्रसाद पन्तले समाजको एेना कथामा उतार्न सजिलाे नभए पनि प्रयास जारी राख्नु पर्ने धारणा राखे ।

कार्यक्रममा वक्ताहरू ग्याननिष्ठ गवाली र तर्कना शर्मा थिए भने अतिथि टिप्पणीकारमा डा शान्तीमाया गिरी थिइन् । टिप्पणीकार डा गिरीले मनका कथाका अनेक आयाम खोतलेर विश्लेषण गरेकी थिइन भने वक्ता शर्माले मनका कथाभित्रका बिभिन्न कथाका पाटोहरू केलाएर समालोचना गरेका थिए ।  सिसार सह आयोजक रहेको उक्त कार्यक्रमको सिसारका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीले कार्यक्रम र मनका कथाका विषयमा चर्चा गरेका थिए ।

त्यस्तै डा बम बहादुर जितालीले मनका कथा पाठकलाइ पढुँपढुँ लाग्ने बताए भने प्रा डा सावित्री कक्षपतिले जीवनमा नौ ओटा सिढी चढ्नै पर्ने विचार व्यक्त गर्दै सहभागीलार्इ साेचमग्न बनाएकी थिइन् ।

सहजकर्ता साहित्यकार शोभा न्यौपानेले रोचक रूपमा प्रस्तुत गरेकाे कार्यक्रममा अतिथिहरू साहित्यकार ललिता दोषी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेस्याम लेकाली,पाल्पाका सर्जक राजेश्वर उदय ,बरिष्ठ साहित्यकार गंगा पौडेल, साहित्यकारहरू पुस्कर लोहनी , सरू सुवेदी, रन्जना निरौला, कवि तारा केसी, उमेस पाण्डे,चन्द्रा न्यौपाने ,रस्मी रिमाल,भिस्म फुलारा मुरारी सिग्देल, फुलारा, गीतकार रविन्द्र आशिस सैली, साहित्यकार कल्पना कल्प पुन्ज आदि गरेर ७० भन्दा बढी सर्जकहरूको वजनदार उपस्थिती रहेको थियो । 

कथाकार मन गहिरेकाे मनका कथाहरू २०७० सालमा प्रकाशित भएको पहिलो कृति हो । २०७३ मा कबिता संग्रह पनि प्रकाशन गरेकी थिइन् । उनका अन्य कृति पनि प्रकाशनको तयारीमा छन् । उनी शिक्षण र पत्रकारिता पेसामा संलग्न छिन्। साथै एक अगुवा महिला अधिकार कर्मीको रूपमा पाल्पा जिल्लामा परिचित छिन् ।

विशेष