राजनीति

वामदेव गौतम र ईश्वर पोखरेलबिच बोलचाल नै बन्द, स्थायी कमिटि पनि बालकोटमै

वामदेव गौतम र ईश्वर पोखरेलबिच बोलचाल नै बन्द, स्थायी कमिटि पनि बालकोटमै

काठमाडौ । एमाले उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलबीच मनमुटाव बढेका कारण एमालेको बैठक स्थल समेत प्रभावित बन्न पुगेको छ।

पार्टी कार्यालय बाहेक अन्यत्र बस्ने बैठक निकै समय देखि उपाध्यक्ष बामदेव गौतमको निवास भैंसीपाटीमा हुने गरेको थियो । तर केही समयदेखि एमाले स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्न थालेको छ।

तर भैंसीपाटीमा अब बैठक नबस्ने भएको स्रोतले बतायो। उपाध्यक्ष गौतम र महासचिव पोखरेलबीच मनमुटाव भएपछि हिजोआज अध्यक्षको निवास बाल्कोटमा बस्न लागेको एमाले समाचार सूत्रले बताएको छ ।

स्रोतका अनुसार गौतमको निवासमा बस्ने बैठकमा पोखरेलले जान्न भनेपछि दुबै नेतालाई उपयुक्त ‘ल्याण्डिङ’का लागि अध्यक्ष ओलीको निवासमा बैठक सरेको एक नेताले दावी गरे ।

विशेष