राजनीति

मधेशवादी दल र बाम गठबन्धनबीच तालमेल हुने, यस्तो भयो सहमति

मधेशवादी दल र बाम गठबन्धनबीच तालमेल हुने, यस्तो भयो सहमति

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन, भावी सरकार गठनलगायत विषयमा वाम गठबन्धन र मधेश केन्द्रित दलबिच सहकार्य हुने भएको छ ।

 

आज एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको एमाले र माओवादी सम्मिलित वाम गठबन्धन तथा राष्ट्रिय जनता पार्टी र फोरम नेपालबिचको संयुक्त छलफलमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको जनादेश बमोजिम मुलुकलाई अगाडि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको हो ।

 

बैठकमा प्रदेश नंवर २ मा मधेशवादी दलले पाउने सिटका बिषयमा छलफल भएको थियो । ठोस सहमति भएमा गठबन्धन र मधेशी दलबीच आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचमा तालमेल हुने एमाले नेताले जानकारी दिए । तालमेलका लागि फेरि बैठकल बसेपटि टुंगो लाग्ने बताए ।

विशेष