राजनीति

डिफिज्युन नोटिस जारी गरेपछि सिलवालको आयो यस्तो कडा प्रतिक्रिया

डिफिज्युन नोटिस जारी गरेपछि सिलवालको आयो यस्तो कडा प्रतिक्रिया


काठमान्डौ । आफुविरुद्ध इन्टरपोलले डीफ्युजन नोटिस जारी गरेपछि पुर्व डीआइजी नवराज सिलवालले सत्ताशिन दलतर्फ लक्ष्यित गर्दै कडा प्रतिक्रिया दिएका छन् ।

 

‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन। अझै पनि उसको निरंकुश शासन शैली कायमै छ’, म‌गलबारबिहान करिब तीन बजे सिलवालले एक अनलाइनको समाचार सेयर गर्दै सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्।

 

प्रहरी प्रमुख बन्न सिलवालले कार्य सम्पादन मुल्या‌कन फाइल कीर्ते गरी पेश गरेको आरोपमा उनीमाथी छानबिन भइरहेको छ। तर उनी पक्राउ पर्न नसकेपछि इन्टरपोललाइ डीफ्युजन नोटिस जारी गर्न आग्रह गरेको थियोे।

 

विशेष