राजनीति

'श्री ३ की नातिनी, श्री २.५ महारानी आरजु !'

कांग्रेसी कार्यकर्ताले दिए आरजुलाई यस्तो गाली

'श्री ३ की नातिनी, श्री २.५ महारानी आरजु !'

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनयनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र पनि ब्यापक असन्तुष्टि छाएको छ । कांग्रेसका कार्यकर्ता तथा कांग्रेस समर्थकहरुले पार्टी सभापति शेरबहादुर देउवा सँगै उनकी पत्नि आरजु राणाप्रति पनि आक्रोश पोखेका छन् ।


कतिपयले सामाजिक संजालमै सार्वजनिक रुपमा आरजुको कार्यशैलीको विरोध गरेका छन् । खासगरी नेता रामचन्द्र निकट नेता÷कार्यकर्ताहरुले राष्ट्रियसभा सदस्य मनोनयनप्रति असन्तुष्टि जनाएका हुन् ।


कांग्रेस पार्टीमा आबद्ध एक प्राध्यापक सरोज मिश्रले आफ्नो फेसवुकमा लेख्दै आरजु राणाको चर्को टिप्पणी गरेका छन् । ‘श्री ३ की नातिनी, श्री २.५ महारानी आरजु’ भनेर सम्बोधन गर्दै सरोजले आरजुको कार्यशैलीमाथि कडा आलोचना गरेका हुन् ।


‘मौसुफ महारानीको बरद नेतृत्वमा नेपाली कांग्रेसले काँचुली फेर्ने पक्का छ !’ सरोजले भनेका छन्, ‘मौसुफ प्रताप रहुन्जेल चीर स्थायी रहोस् । मौसुफ महारानीमा यो सेवकको सभक्ती स्वस्ती !’

पटक पटक ‘महारानी’ शब्दबाट सम्बोधन गर्दै उनले निर्वाचनमा हार ब्यहोर्नुको कारण आरजु नै भएको भनी व्यंग्य गरेका छन् ।


साथै उनले अब कांग्रेसको केन्द्रीय सदस्य पदमा पनि लिलाम बढाबढ हुने अवस्था आरजुकै कारण आएको भन्दै आक्रोश पोखेका हुन् ।


त्यसो त, पार्टीभित्र आरजुको शैलीलाई लिएर यसअघि पनि आलोचना हुँदैआएको छ । चुनावमा उनले एकलौटी निर्णय र दबाब सभापति देउवामाथि थोपर्ने गरेको गुनासो पार्टी कार्यकर्ताबाट हुँदैआएको थियो । आज राष्ट्रियसभा सदस्यमा मनोनयन भएपछि आरजुको आलोचना बढेको हो ।

विशेष