राजनीति

कांग्रेसबाट चार प्रदेशका उम्मेद्वारकाे टुंगाे लाग्याे

कांग्रेसबाट चार प्रदेशका उम्मेद्वारकाे टुंगाे लाग्याे

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टुंगो लागेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा उम्मेदवारको नाम टुंगो लगाएको हाे ।

 

प्रदेश नं ४ मा

सुरेन्द्रराज पाण्डे (खुला)
बृन्दा रानामगर (महिला)
जीतबहादुर नेपाली (दलित)
प्रकाश पन्त (अपाङ्ग)

 

 

प्रदेश नं ५ मा

दुर्गाप्रसाद उपाध्याय (खुला)
अनिता देवकोटा (महिला)
मैकुलाल वाल्मीकी (दलित)
लुटबहादुर खत्री (अपाङ्ग)

 

 

प्रदेश नं ६ मा

विष्णुबहादुर शाही (खुला)
सूर्यदेवी मल्ल (महिला)
सीताराम विक (दलित)
गोपाल शर्मा (अपाङ्ग)

 

 

प्रदेश नं. ७ बाट

बद्री पाण्डे (खुला)
तारादेवी भट्ट (महिला)
धर्मराज जोशी (अपांग)
शेरीराम पार्की (दलित)

कांग्रेसले बाँकी प्रदेश नं १, २ र ३ मा पनि आजै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ ।

 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।

 

 

Nepali Congress

विशेष