राजनीति

कोमल वली राष्ट्रियसभाबाट संसद बन्ने, यी हुन एमालेका १३ उम्मेदवार

कोमल वली राष्ट्रियसभाबाट संसद बन्ने, यी हुन एमालेका १३ उम्मेदवार

काठमाडौं । नेकपा एमालेले गायिका कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो ।

गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।

१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार आज चयन हुने एमालेले बताएको छ ।

प्रदेश नं ७
१ कमला ओली महिला, कैलाली
२ इन्दु कडेरिया बिष्ट महिला, कञ्चनपुर
३ शेरबहादुर कुँवर खुला, अछाम
४ चक्रप्रसाद स्नेही दलित, डडेलधुरा

प्रदेश नं ६

१ कविता बोगटी महिला, हुम्ला
२ नन्दा शर्मा महिला, सुर्खेत
३ नरपति लोहार दलित, कालिकोट
४ भैरवसुन्दर श्रेष्ठ खुला, जाजरकोट
५ ठगेन्द्र पुरी खुला ,पश्चिम रुकुम

प्रदेश नं ५

१ रामलखन हरिजन दलित, पश्चिम नवलपरासी
२ खिमलाल भट्टराई खुला, रुपन्देही
३ मीना बुढा महिला, रोल्पा
४ कोमल वली महिला, दाङ

विशेष