राजनीति

बाबुरामले प्रचण्डलाई भने अध्यक्ष पद पक्का

बाबुरामले प्रचण्डलाई भने अध्यक्ष पद पक्का

 


काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्यात्कम रुपमा बधाई दिएका छन् ।

डा भट्टराईले प्रचण्ड एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने पक्का भएको भन्दै व्यंग्यात्मक रुपमा बधाई दिएका हुन् ।


प्रचण्ड उवाच हामीभन्दा पहिले एमाले नै उग्रपन्थमा थिए, हामी त पछिका उग्रपन्थ । उहाँहरू एमालेत हाम्रा गुरू । पहिला उग्रवादी सिकाएर जानुभयो हामीलाई । सुधारवादी पनि वहाँहरू हामीभन्दा पहिलेका सुधारवादी । हामी पछिपछि आइयो। (अन्नपूर्ण पोष्ट) लौ,अध्यक्ष पद पक्का । वधाइ ।।


सोमबार पेरिसडाँडामा भएको पार्टी बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दा प्रचण्डले बोलेका कुरा बाहिर आएपछि डा भट्टराईले एकीकृत पार्टीको अध्यक्ष पद पक्का भएको भन्दै प्रचण्डलाई बधाइ दिएका हुन् ।

प्रचण्डले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा एमालेहरु आफूहरुको गुरु रहेको आशय बताएका थिए । एमालेले नै आफूहरुलाई उग्रवाद सिकाएको र आफूहरु भन्दा पहिले एमाले सुधारवादी भएको, अहिले आफूहरु त्यसकै पछि लगेको आशय प्रचण्डको सम्बोधनमा रहेको छ ।

 

विशेष