राजनीति भिडियो

भूकम्पपछिको पुनर्निर्माणमा अन्य देशभन्दा यसकारण अगाडि छ नेपाल (पुनर्निर्माण प्राधिकरण प्रमुख भुसालसँग विशेष अन्तरवार्ता)

पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत भुसालको ३ महिने समिक्षा

भूकम्पपछिको पुनर्निर्माणमा अन्य देशभन्दा यसकारण अगाडि छ नेपाल (पुनर्निर्माण प्राधिकरण प्रमुख भुसालसँग विशेष अन्तरवार्ता)

काठमाडौं । महाभूकम्प गएको दुई वर्षसम्म पनि सबै पीडितले राहत महसुश गर्न पाएका छैनन् । भूकम्पको क्रममा घर भत्किएपछि पाल टाँगेर बस्न थालेका पीडितहरु कतिपय ठाउँमा टहरो बनाइ बस्दैआएका छन् ।

 

यसैगरी उनीहरुले दुई वटा हिउँद कटाए । यद्यपि सरकारी पहल जारी छ । तत्कालिन सरकारले नै पीडितलाई क्षतिपुर्ति र व्यवस्थापनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्यो ।

 

प्राधिकरणको नेतृत्व अहिलेसम्म तीन पटक परिवर्तन भइसकेको छ । पछिल्लो पटक यसको नेतृत्व गर्दैआएका छन् युवराज भुसालले । अनुभवी प्रशासक र वैदेशिक दातृ निकायसँग समन्वय गर्नसक्ने व्यक्तिको छवि बनाएका भुसालको नियुक्तिलाई महत्वको साथ हेरिएको छ ।

 

कार्यकालको ३ महिने अवधि पूरा भएपछि भुसालसँग नेपालआजले एक अन्तरवार्ता लिएको छ । ‘पुनर्निर्माणको कामको अवस्था कहाँ पुगेको छ ?’ ‘कसरी अघि बढिरहेको छ ?’ ‘कस्ता चुनौती छन् ?’ जस्ता जिज्ञाशा हामीले राखेका थियौँ । नेपालआजको स्टुडियोमा उनले यसबारे बिस्ततमा ब्याख्या गरेका छन् ।

 

 

विशेष