राजनीति

प्रदेश ४ बाट १२ जनाको मनोनयन दर्ता (नामावलीसहित)

प्रदेश ४ बाट १२ जनाको मनोनयन दर्ता (नामावलीसहित)

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर–४ बाट ८ पदका लागि १२ जनाको मनोनयन दर्ता भएको छ । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा छन् । 

बिहान १० बजेदेखि मनोनयन खुला गरिएको भएपनि दिउँसो २ बजेपछिमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।

वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबाट ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट चार र जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता गरिएको छ ।

वाम गठबन्धनबाट खुला

एमालेः गणेशप्रसाद तिमिल्सिना (पर्वत) 

माओवादी केन्द्रः दीननाथ शर्मा (बागलुङ)

महिला

एमाले - दीपा गुरुङ  (लमजुङ)

माओवादी केन्द्र - शान्ति अधिकारी (बागलुङ)

अपांगता कोटा

एमाले - रामबहादुर थापा (स्याङ्जा)

दलित

माओवादी केन्द्र - खिमबहादुर बिक (स्याङ्जा)

कांग्रेस

सुरेन्द्रराज पाण्डे (गोरखा)

महिला -बिन्दादेवी रानामगर (कास्की)

अपांगता - प्रकाश पन्त (तनहुँ)

दलित - जितबहादुर नेपाली (पर्वत)

राष्ट्रिय जनमोर्चा

खुला - कृष्ण अधिकारी (बागलुङ)

महिला - मीना पुन (बागलुङ) ।

 

विशेष