राजनीति भिडियो

कांग्रेस नेतृत्वमा अब युवा नेता यसकारण (प्रदीप पौडेलसँग अन्तरवार्ता)

कांग्रेसमा किन डाकियो महाधिवेशन ?

कांग्रेस नेतृत्वमा अब युवा नेता यसकारण (प्रदीप पौडेलसँग अन्तरवार्ता)

काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो समय युवा नेतृत्वको बहस चर्को रुपमा उठ्दैआएको छ । खासगरी चुनावपछि युवा नेताहरुले यस्तो माग बलियो रुपमा उठाएका हुन् ।


पहिलो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्ने उनीहरुको तर्क छ । साथै अब नेपाली कांग्रेसलाई ‘बिपी कोइरालाको पाला’ जस्तै बनाउनुपर्ने भन्दै पार्टीमा नयाँपनको खाँचो भएको उनीहरु बताउँछन् ।


जसका लागि उनीहरुले पार्टी नेतृत्वसँग ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकमा पनि उनीहरुले यस्तो कुरा भनेका थिए ।


यही सन्दर्भमा बिस्तृत बहस गर्न भनेर हामीले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई नेपालआजको स्टुडियोमा बोलाएका थियौँ । पौडेलले आधा घण्टा लामो अन्तरवार्तामा अब पार्टीको पुनसंरचना गर्नुपर्ने दोहोर्याए ।


यसका लागि अब छिट्टै महाधिवेशन डाक्ने र नयाँ नेतृत्वले पार्टी हाँक्ने पनि उनले बताएका छन् । सभापतिका कतिपय अलोकप्रिय निर्णयहरु आफूहरुलाई जानकारी नै नहुने भन्दै पौडेलले त्यस्तो शैलीप्रति असन्तुष्टि जनाए ।

 

विशेष