राजनीति मुख्य समाचार

यी हुन् एमालेबाट सातै प्रदेशमा राष्ट्रियसभामा उम्मेदवार बनेकाहरु (सूचीसहित)

यी हुन् एमालेबाट सातै प्रदेशमा राष्ट्रियसभामा उम्मेदवार बनेकाहरु (सूचीसहित)


काठमाडौँ । नेकपा एमालेले सातवटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले बाँकी चार प्रदेशबाट १६ उम्मेदवारको नाम टुंगो लगाएको हो ।

सोमबार राति १० बजेसम्म बसेको बैठकले तीनवटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो ।

वाम गठबन्धनमा आवद्ध माओवादी केन्द्रसँगको भागबण्डाअनुसार एमालेले २९ जना उम्मेदवार छनौट गरेको हो । माओवादीले मंगलबार आफ्नो कोटामा परेको १४ जनाको नामलाई अन्तिम रुप दिइसकेको छ ।

एमाले सचिव प्रदीपकुमार ज्ञवालीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार प्रदेश नं १, २, ३ र ४ का यी हुन् राष्ट्रियसभा उम्मेदवार

प्रदेश नं १


१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४.परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २


१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३


१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४


१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

सोमबारको निर्णयअनुसार

प्रदेश नं ७


कमला ओली (महिला) कैलाली
इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर
शेरबहादुर कुँवर (खुला) अछाम
चक्रप्रसाद स्नेही (दलित) डडेल्धुरा


प्रदेश नं ६


कविता बोगटी (महिला) हुम्ला
नन्दा शर्मा (महिला) सुर्खेत
नरपति लोहार (दलित) कालीकोट
भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट
ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम

प्रदेश नं ५


रामलखन हरिजन (दलित) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
खिमलाल भट्टराई (खुला) रुपन्देही
मीना बुढा (महिला) रोल्पा
कोमल वली (महिला) दाङ

विशेष