कला साहित्य

गजल

प्रदिप दाहाल

गजल

जिन्दगी को आफ्नै आफ्नै - ताल हूँदो रैछ

कैले असल कैले खराब - खाल हुँदो रैछ

 

हिजो घर मा थीए आज परदेश मा छू

समय को खटाउने - चाल हुँदो रैछ

 

जीन्दगी नै एस्तै रैछ अधीन मा बस्नु पर्ने

शरीर घेरने बाध्यता को - जाल हुँदो रैछ

 

धनी गरिब बाँचुन्जेल हो पछि के थाह कस्लाइ

एकै ठाउँमा मिसाउँने - काल हूदो रैछ

 

खुसी छु म समय सँग दु:ख बुझने मौका पाएँ

बूझ्ने लाइ त जीन्दगी क - माल हुँदो रैछ 

विशेष