सरकारलार्इ ओलीकाे प्रश्न, उमेर कति घटाउने ? वैंशैमा वृद्धा भत्ता खाने हो कि के हो ?
काठमाडौं । भावी प्रधानमन्त्री मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम चलाउ सरकारले गरेका निर्णयले देशलाई कंगाल बनाउने खोजेको बताउँदै त्यसलाई आफ्नो सरकारले पुन विचार गर्ने बताएका छन् ।
आज विहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले वर्तमान सरकार जालझेल र सेटिङको भरमा गलत मनसायका साथ अलोकतान्त्रिधक तरिकाले निर्णय गरेको आरोप लगाए ।
वर्तमान सरकार सविधानको गलत व्याख्या र सेटिङले टिकेको जिकिर गर्दै उनले जानेबेलामा गरेका निर्णले देशलाई दीर्घकालिन असर पर्ने बताए ।
वृद्धा भत्त्तासम्बन्धी निर्णयमा आपत्ती जनाउँदै अध्यक्ष ओलीले देशलाई बोझ बोकाउने कार्य गरेकाले वर्तमान सरकारले गरेका निर्णय आफूहरुलाई मान्य नभएको उद्घोस गरे । ‘उमेर कति घटाउने ? अर्काेले ६० झार्ने, अर्काेले ५० झार्ने । वैंशैमा वृद्धा भत्ता खाने हो कि के हो ? शेरबहादुर जी त सांसद नै हुनुहुन्छ के हतार भयो उहाँलाई ।’ उनले भने ।
जाँदाजाँदैको सरकारले देशलाई थप संकट पर्न कर्मचारीलाई स्वइच्छीक अवकास दिन लागेको आरोप लगाए । थप कर्मचारी आवश्यक परेको बेला स्वइच्छीक अवकास दिने निर्णयले ६० अर्वको देशको अर्थतन्त्रमा व्यायभार थप्न लागेको भन्दै विरोध गरे ।
अध्यक्ष ओलीले विरगञ्जमा सीमा मिचिएको विषयमा आफूलाई एकिन नभएको बताउँदै त्यहाँको यर्थाथ रिपोर्ट आएपछि मात्रै आफूले बताउने बताए । नेपालको सिमानाहरु सुरक्षित हुनुपर्ने भन्दै ओलीले मिचिएको भए मान्य नहुने बताए । ‘हाम्रो सिमाना र हितहरु सुरक्षित हुनुपर्छ । यो सरकारलाई त सिमाना र हितको के ख्याल होला र’ उनले भने ‘सिमाना मिचिएको भए मिचिएको भए सच्याइनुपर्छ । मिचिएको मान्य हुँदैन ।’
लतिपुरबाट विजय भएका सांसद नवराज सिलवालको विषयमा बोल्दै अध्यक्षले ओलीले डिआजी प्रकरणबाट सुरु भएको उक्त काण्ड आफ्नो सरकार बनेपछि निपक्ष छानवीन गर्ने घोषणा गरे ।
नेकपा माओवादीसँगको पार्टी एकीकरण प्रक्रिया अगाढि बढिरहेको बताउँदै अहिलेसम्म दुबै पार्टी एकताको पक्षमा नै रहेको स्पष्ट पारे । सरकार बनेपछि र वा पहिला नै भन्ने पार्टी एकता हुन्छ भन्ने विषय भने उनले स्पष्ट पार्न चाहेनन् । त्यस्तै, पार्टीले नयाँलाई टिकट दिएकाले पुराना नेतामा असन्तुष्ट भएको भिन्ने विषय निरआधार रहेको बताए ।
KP Sharma Oli