राजनीति

नेपालको एक इन्च भूमि पनि मिच्न पाइँदैन : प्रधानमन्त्री देउवा

नेपालको एक इन्च भूमि पनि मिच्न पाइँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताएका छन् ।

पर्साको छपकैयाको सीमा अतिक्रमणको विषयमा एमाले र माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बुझाएको प्रतिवेदन आज ग्रहण गर्दै प्रधानमन्त्री देउवाले कसैले नेपालको एक इन्च जमिन मिच्न नसकने बताए ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको संयुक्त स्थलगत अनुगमपछि तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी गराए ।

प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले प्रतिवेदन बुझाएका थिए ।

यही माघ ६ गते दुवै संगठनको टोलीले सीमा रक्षा तथा जागरण अभियानसहित सीमा मिचिएको भनिएको छपकैयामा पुगी स्थलगत अध्ययन गरेका थिए ।

प्रतिवेदनमा छपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले करिब तीन किमी दूरीका ठाउँठाउँमा करिब ५० बिगाहा क्षेत्रफल नेपाली भूमि भारततर्फ पर्न गएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा मुख्य पिलर र स्थानीयवासीले उपभोगको आधारमा सीमा नक्सा पुनरावलोकन गर्नुपर्ने, सिमानाका रुपमा रहेका ५७ वटा नदीनालाको तटबन्ध गरिनुपर्ने, भारतीय पक्षले दशगजा क्षेत्र अतिक्रमण गरी बनाइका संरचना भत्काउनुपर्ने, सीमा समस्याको दीर्घकालीन समस्याका लागि काँडेतार लगाउनुपर्ने माग गरिएको छ ।

Sher Bahadur Deuba

विशेष