राजनीति भिडियो

नवराज सिलवालको यथार्थ छानविन हाम्रो सरकारले गर्नेछः केपी ओली (भिडियोसहित)

नवराज सिलवालको यथार्थ छानविन हाम्रो सरकारले गर्नेछः केपी ओली (भिडियोसहित)

काठमाडौं । भावी प्रधानमन्त्री मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापती शेरवहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले जाँदा जाँदै देशलाई कंगाल बनाउने निर्णय गरको आरोप लगाएका छन् ।

 

वर्तमान राजनीतिक विषयका बारेमा विहीबार नेकपा एमाले पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा भएको पत्रकार सम्मेलनमा सरकारले असंवैधानिक र सेटिनका भरमा टिकको सरकारले अनैनिक र विश्वव्यापी अवधारण विपरित विभिन्न निर्णय गरेर सरकारको ढुकुटी सिद्याउन लागेको आरोप लगाएका हुन् ।

 

वर्तमान सरकार काम चलाउको स्थितमा रहेकाले दैनिकका कार्य सञ्चालन संवैधानिक अधिकार भएको अवस्थामा देशलाई दीर्घकालिन असर पर्ने निर्णय गरेको भन्दै उनले आफ्नो सरकार बनेपछि निर्णय खारेज गर्ने बताए ।

 

वृद्धा भत्त्तासम्बन्धी निर्णयमा आपत्ती जनाउँदै अध्यक्ष ओलीले देशलाई बोझ बोकाउने कार्य गरेकाले वर्तमान सरकारले गरेका निर्णय आफूहरुलाई मान्य नभएको उद्घोस गर्दै भने ‘उमेर कति घटाउने ? अर्काेले ६० झार्ने, अर्काेले ५० झार्ने । वैंशैमा वृद्धा भत्ता खाने हो कि के हो ? शेरबहादुर जी त सांसद नै हुनुहुन्छ के हतार भयो उहाँलाई ।’

 

 

थप कर्मचारी आवश्यक परेको बेला स्वइच्छीक अवकास दिने निर्णयले ६० अर्वको देशको अर्थतन्त्रमा व्यायभार थप्न लागेको भन्दै विरोध गरे ।

 

अध्यक्ष ओलीले विरगञ्जमा सीमा मिचिएको विषयमा आफूलाई एकिन नभएको बताउँदै त्यहाँको यर्थाथ रिपोर्ट आएपछि मात्रै आफूले बताउने बताए । नेपालको सिमानाहरु सुरक्षित हुनुपर्ने भन्दै ओलीले मिचिएको भए मान्य नहुने बताए । ‘हाम्रो सिमाना र हितहरु सुरक्षित हुनुपर्छ । यो सरकारलाई त सिमाना र हितको के ख्याल होला ?’ उनले भने ‘सिमाना मिचिएको भए मिचिएको भए सच्याइनुपर्छ । मिचिएको मान्य हुँदैन ।’

 

अध्यक्ष ओलीले लतिपुर क्षेत्र नम्बर १ बाट विजयी सांसद नवराज सिलवालको जिउ–ज्यानको असुरक्षा भएको भन्दै आफ्नै नेतृत्वको सरकारले यथार्थ छानविन गर्ने घोषणा गरेका छन् । सिलवालको काण्ड डिआजी प्रकरणबाट सुरु भएको भन्दै निपक्ष छानविन गर्नू पर्नेमा उनले जोड दिए भने मुस्ताङका स्वतन्त्र उम्मेदवार दिपक मनाङेको विषयमा खुलेर बोल्न चाहेनन् । सिलवाल र दीपक एमालेका निर्वाचित सांसद हुन् । उनीहरु विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरी सर्च अभियान चालएको छ ।

 

त्यस्तै उनले नेकपा माओवादीसँगको पार्टी एकीकरण प्रक्रिया अगाडि बढिसकेको बताउँदै सरकार गठन र पार्टी एकतालाई सँगै लिएर जाने बताए ।

 

त्यस्तै, अध्यक्ष ओलीले एमालेले नयाँ कार्यकतालाई टिकट दिएकाले पुराना नेतामा असन्तुष्ट भएको भिन्ने विषय निरआधार रहेको बताए । कोमल वालीको विषयलाई उठाउँदै उनले भने ‘मेरो विपक्षमा त उम्मेदवार उठेका थिए तर कोमल जीको विपक्षमा केही उठेन उहाँ निर्विरोध हुनु भयो । कसैले विपक्षमा उम्मेदवारी नदिनुको अर्थ राष्ट्रिय सहमती हो ।’

विशेष