राजनीति भिडियो

देवी ज्ञवालीले भक्कानिदै भनेः कोमल ओली त २ दिनको पाहुना हुन्, फेरि जान्छिन् (भिडियो)

‘कोमल ओलीको मायाप्रिती बस्यो भने एमालेमै बस्नुहोला नत्र...’

देवी ज्ञवालीले भक्कानिदै भनेः कोमल ओली त २ दिनको पाहुना हुन्, फेरि जान्छिन् (भिडियो)

काठमाडौं । नेकपा एमालेका पुराना नेता देवी ज्ञवाली लामो समयसम्म चितवनमै सिमित रहे । स्थानीय तहको चुनावमा भने उनको प्रभाव र सामार्थको प्रशंसा देशभरका जनताले गरे ।

 

स्थानीय तहको निर्वाचनमा देशभर चर्चाको केन्द्रविन्दुमा थियो, भरतपुर महानगरपालिका । जहाँ उम्मेदवार थिए माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल र एमालेका नेता देवी ज्ञवाली ।

 

दाहाललाई जिताउन तत्कालिन माओवादी–कांग्रेस गठबन्धनका नेताहरु प्रचण्ड र शेरबहादुर देउवा चितवनको एउटै स्टेजमा उभिएर भाषण गरे ।

 

यस्तो लाग्थ्यो कि, देवी ज्ञवालीलाई हराउन प्रचण्ड र देउवा एकजुट छन् । खासमा महानगरको मेयरमा उम्मेदवार त रेणु थिइन् । तर माहोल हेर्दा रेणु नभएर प्रचण्ड स्वयं माओवादीको तर्फबाट मेयर पदका उम्मेदवार जस्ता देखिन्थे । देउवाको पनि पूर्ण साथ र सहयोग उनलाई थियो ।

 

">

 

‘उनीहरुलाई पश्चाताप छ’

ज्ञवालीले आफूलाई षड्यन्त्रपूर्ण रुपमा हराउन लागिपरेकाहरु अहिले पश्चाताप गरिरहेको सम्झिए । त्यस क्रममा कांग्रेस पनि माओवादीसँगै जोडिएको भन्दै देउवाको पनि हात भएको हुनसक्ने बताएका छन् ।

 

कम्युनिष्टहरुलाई ‘अधिनायकवादी’को रुपमा जसरी ब्याख्या गरिन्छ त्यसलाई माथ खुवाउँदै कांग्रेसले पनि लोकतान्त्रिक मुल्य मान्यता कुल्चँदै स्थानीय तहको चुनावको बेला लागेको उनको भनाइ थियो ।

 

प्रचण्डको चुनावमा दोब्बर खटेँ

स्थानीय तहको चुनावमा तत्कालिन माओवादी–कांग्रेस गठबन्धनले ‘षड्यन्त्रपूर्ण’ तरिकाले हराए पनि स्थानीय तहको चुनावमा प्रचण्डलाई जिताउन लागिपरे ज्ञवाली ।

 

यसु विषयमा पनि अन्तरवार्ताको क्रममा उनलाई सोधिएको थियो । उनले वाम एकताको सम्भावनालाई बलियो बनाउन आफू लागेको बताए ।

 

स्थायी सरकारबाट स्थायीत्व र समृद्धि हुने भएकाले आफू प्रचण्डको विजयका लागि खटेको ज्ञवालीको भनाइ थियो । उनले भने, ‘म आफ्नो चुनावमा जति खटेँ, त्यसको दोब्बर खटेँ प्रचण्डको चुनावमा ।’

 

एकीकृत कम्युनिष्ट शक्तिको पक्षमा रहेको भन्दै त्यसका लागि आफू इमानदार भएर प्रचण्डलाई जिताउन लागेको उनले बताएका थिए ।

 

कोमल ओलीको विषय महत्वपूर्ण हैन

एमालेले गायिका कोमल ओलीलाई राष्ट्रियसभा सदस्य बनाएपछि इमानदार नेताहरुमाथि अन्याय गरेको भनी धेरैले आलोचना गरे ।

 

केही नेताको नाम नै लिएर उनीहरुको इमानादारितालाई एमालेले कुल्चेर अन्याय गरेको भन्दै टिप्पणी भयो । यस बीचमा देवी ज्ञवाली देखि ठाकुर गैरेसम्म हुँदै युवराज ज्ञवालीसम्मको नाम आयो ।

 

देवी ज्ञवालीलाई पनि हामीले यही विषय कोट्यायौँ । उनले कोमल ओलीलाई राष्ट्रियसभा सदस्य बनाएको कुरा खासै महत्वपूर्ण नभएको बताए ।

 

साथै उनले इमानदार एमाले नेता÷कार्यकर्ताका लागि राष्ट्रियसभा सदस्य पार्टीको भुमिका भन्दा ठूलो नभएको बताए । बरु पार्टीको भुमिका नै त्यसभन्दा बढी महत्वपूर्ण भएको उनको भनाइ थियो ।

 

पुरानो प्रसंग कोट्याउँदै उनले मदन भण्डारीले पनि आफ्नो पालामा कृष्ण आचार्य लगायत उद्यमीलाई पार्टी प्रवेश गराएको भन्दै कोमल ओलीलाई एमालेमा ल्याउनु अनावस्यक नभएको बताए ।

 

कोमल ओलीका उत्तेजित किसिमका गीतको विषयलाई लिएर उठाइएको प्रसंगमा उनले ‘बिगतमा जहाँ भए पनि अब एमालेमा प्रतिबद्ध हुने बताए ।

 

विशेष