विचित्र विश्व

सपना सम्बन्धी अचम्मका तथ्य

सपना सम्बन्धी अचम्मका तथ्य

एजेन्सी । हामी सपना देख्छौं । तर कसै–कसैले देखेको सपना बिउझिँदा बिर्सि सकेका हुन्छन् । हामी सपना किन देख्छौँ र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि सपना देख्न पुग्छ ।

सपना सम्बन्धी केही तथ्य यस प्रकार छन्

– एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
– पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।
– हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।
– हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।
– केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।
– तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।
– हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।
– मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।
– जनावर पनि सपना देख्छन् ।
– दृष्टिविहीन पनि सपना देख्छन् ।
– ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए ।
– सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ ।
– बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।
– निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।

 

विशेष