कोमल वलीको बारेमा यसो भने ओलीले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायिका कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा मुख खोलेका छन् । वलीलाई टिकट दिँदा एमाले कार्यकर्ताले विरोध गरिरहेका बेला उनले पार्टीभित्र कुनै असन्तुष्टि नरहेको बताए ।
बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कहिले नयाँलाई चान्स दिएन भन्ने, दिँदा किन दिइयो भन्नेहरु रहेको बताए । उनले भने, ‘कोमल वलीका विषयमा कुनै असन्तुष्टि छैन । बरु राष्ट्रिय सहमति पो देखियो । कांग्रेसले समेत उहाँविरुद्ध उम्मेदवारी दिएन।’