राजनीति मुख्य समाचार

देवी ज्ञवालीलाई राष्ट्रियसभा सदस्य बन्न किन दिएनन् घनश्याम भुसालले ?

एमालेमा देवी ज्ञवालीसँग घनश्यामको यो कस्तो दुश्मनी ?

देवी ज्ञवालीलाई राष्ट्रियसभा सदस्य बन्न किन दिएनन् घनश्याम भुसालले ?

 

काठमाडौं । गायिका कोमल वलीलाई राष्ट्रिसभा सदस्य उम्मेदवार बनाएको विषयलाई लिएर नेकपा एमालेभित्र ब्यापक आलोचना भयो ।

 

खासगरी बिद्रोही नेताको रुपमा चिनिएका नेता घनश्याम भुसाल समूहका नेता÷कार्यकर्ताहरुले अलि बढी चर्को स्वरमा वलीको बिरोध गरे ।

 

यस्तो किन पनि भयो भने, पार्टी अध्यक्ष केपी ओली र शंकर पोखरेलका व्यक्तिगत रुची अनुसार कोमल वली राष्ट्रिसभा सदस्य बनिन् भन्ने बुझाइ एमालेमा अझै छ ।

 

घनश्याम भुसाल, योगेश भट्टराई लगायत नेता र तिनसँग निकट कार्यकर्ताहरुले एउटा प्रश्न सोधिरे, ‘एमालेमा देवी ज्ञवाली, ठाकुर गैरेहरुको इमान र संघर्ष कुल्चेर कोमल वलीलाई नेता बनाउने ?’ खासगरी पार्टी अध्यक्ष र उनको ‘गुट’ का नेता÷कार्यकर्ताप्रति लक्षित थियो यो प्रश्न ।

 


देवीलाई रोक्ने घनश्याम ?

रोचक त के भने, घनश्यामका कार्यकर्ताहरुले ‘देवीलाई किन बनाइएन राष्ट्रियसभा सदस्य ?’ भनेर फेसबुकमा प्रश्न तेस्र्याइरहँदा घनश्याम भुसाल भने मौन रहे ।

 

यथार्थ अर्कै थियो । एमालेका इमानदार नेताको रुपमा चिनिएका देवी ज्ञवालीलाई राष्ट्रियसभा सदस्य बन्न नदिने एक प्रमुख नेता उनै भुसाल हुन् ।

 

केपी ओली निकट एक नेताका अनुसार केपी समूहका नेताहरुले ज्ञवालीलाई राष्ट्रियसभा सदस्य बनाउने भनी प्रस्ताव गर्दा उनै भुसालले पहिलो पटक उठेर विरोध जनाएका थिए ।

 

एमाले स्थायी समिति बैठकमा भुसालले भनेका थिए, ‘देवी ज्ञवाली जस्ता त्याग गर्ने नेता हरु थुप्रै छन् । किन ज्ञवालीलाई नै बनाउनुपर्यो ?’

 

पार्टीमा विधि र इमानको कुरा गरिरहने घुसाल नै अन्तमा देवी ज्ञवालीलाई राष्ट्रियसभा सदस्य बन्न रोकेको ति नेताले खुलाए ।

 

‘त्यस्तो आदर्शको कुरा गर्ने घनश्याम देवी ज्ञवालीको नाम सुन्ने बित्तिकै रिसाएर बम्किएर जुरुक्क उठेर विरोध गरे,’ ति नेताले भने, ‘ज्ञवालीलाई राष्ट्रियसभा बनाउन नहुने उनको एउटै अडान थियो । किन हो बुझिएन !’

 

एमालेका केही उच्चस्तरीय नेताहरु पनि उनको यस्तो क्रियाकलाप देखेर दंग भएका थिए । खासमा भुसालले ज्ञवालीको विरोध गर्दैनन् कि भन्ने धेरैको अनुमानमा ब्रेक लाग्यो । अन्ततः भुसालले ‘गुट’कै कारण ज्ञवालीको विरोध गरेका थिए भन्ने धेरै नेताहरुको बुझाइ छ । साथै ज्ञवाली माथि आउँदा आफ्नो लागि पनि खतरा हुनसक्ने भन्दै भुसाल त्यसरी रिसाएको हुनसक्ने एमालेका ति नेताले बताए ।

 

अन्ततः ज्ञवालीको सट्टा माधव नेपाल समूहका नेताको रुपमा चिनिने वेदुराम भुसाल र वामदेव समूहका नेताको रुपमा चिनिएका बलराम बास्कोटालाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने सवालमा भने घनश्याम चुप रहेको बताइन्छ ।

 

ज्ञवालीसँग घनश्यामको पुरानो दुश्मनी

चितवनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार भएपछि एमालेका नेता देवी ज्ञवालीको एकाएक चर्चा भयो ।

 

देशभर एमाले र अन्य पार्टीकाले समेत ज्ञवालीको प्रशंसा गरे । केपी ओली देखि माओवादीका प्रचण्डले समेत ज्ञवालीलाई भेटेरै धन्यवाद दिए । हारेकोमा सहानुभुति र ढाडस पनि दिए ।

 

यता एमालेका केही नेताहरुलाई यस्तो गतिविधि चित्त बुझिरहेको थिएन । ज्ञवालीको ‘राईज’ देखि सबैभन्दा बढी आत्तिने थिए उनै भुसाल र योगेश भट्टराई ।

 

खासमा एमालेमा लामो समय चर्चामा रहेका भुसाल र भट्टराईहरु स्वयं ज्ञवालीको इमानदेखि किन आत्तिए ? त्यो भने उदेकलाग्दो मान्छन् एमालेकै केही नेताहरु ।

 

विशेष