राजनीति भिडियो इतिहास र अनुभूति

ओलीलाई किन प्यारो ‘पोइल जान पाम्’ ? (भिडियो)

"पोलिटिक्समा छिरेको ‘पोइल जान पाम्’ प्रबृत्ति"बारे डा. सुरेन्द्र केसी

ओलीलाई किन प्यारो ‘पोइल जान पाम्’ ? (भिडियो)

काठमाडौं । मुलुक अब संघीय राज्यको संरचनामा प्रवेश गरिसकेको छ । केही प्राविधिक काम बाहेक लगभग धेरै कुरा सम्पन्न भइसकेका छन् । सरकारले सातै प्रदेशका अस्थायी राजधानी तोकिसकेको छ । सोही अनुसार अब ति सहरमा प्रदेशसभा बैठक बस्नेछ ।

 

यद्यपि वर्तमान अवस्थालाई राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी अझै संकमणकालिन अवधिको रुपमा ब्याख्या गर्छन् । वर्तमाक कामचलाउ सरकारको गतिविधि, वाम एकताको अभ्यास र ‘लोकतन्त्रको नाममा नेताहरुले गदैआएको लूटतन्त्र’ ।

 

यस्तो अवस्थामा सामाजिक सुरक्षाका कार्यक्रम आउने सम्भावना अझै देख्दैनन् डा. केसी । विभिन्न दलका प्रभावशाली नेताहरुले नातावाद–कृपावादलाई संस्थागत गर्दैआएकोप्रति डा. केसीको गुनासो छ ।

 

गठबन्धनमा विश्वास

‘वाम र लोकतान्त्रिक गरी दुई गठबन्धन भयो भने मुलुकका लागि हित हुनसक्ने’ विश्वास छ डा. केसीको । त्यसो त नेपालआजसँग अन्तरवार्ताको क्रममा उनले भने, ‘दुई मध्ये एउटा गठबन्धनमा म आफैँ जानेछु ।’

 

‘वाम पृष्ठभुमिको मान्छे वाम गठबन्धनमा जाने त होला तपाईँ ?’ भनी सोध्दा उनले भने, ‘नेपाली कम्युनिष्टहरुको प्रबृत्ति हेर्दा वाम गठबन्धनमा जान मन छैन, गरिबी, अन्याय, पीडा, रोदन हेर्दा वामपन्थको अर्को विकल्प के होला र ! जस्तो लाग्छ ।’

 

डा. केसीले यसअघि पनि दुई पार्टी मात्र भएको अवस्था मुलुकका लागि उपयुक्त हुने भन्दै लोकतान्त्रिक र वाम गठबन्धन मात्रै आवस्यक रहेको डा. केसीले बताउँदैआएका थिए ।

 

‘पोइल जान पाम्’ प्रबृत्ति

नेकपा एमालेमा कोमल ओलीको प्रवेशको विषयलाई लिएर डा. केसीले चोटिलो ब्यंग्य समेत गरेका छन् । एमालेका अध्यक्ष केपी ओलीले गायिका कोमल ओलीलाई हठात पार्टीमा प्रवेश गराएको प्रति उनले कडा टिप्पणी गरे ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि यसअघि रेखा थापालाई पार्टीमा प्रवेश गराएको र डा. बाबुराम भट्टराईले करिश्मा मानन्धरलाई पार्टी प्रवेश गराएकोबारे डा. केसीले आलोचना गरेका छन् ।

 

कोमल ओली, रेखा थापा वा करिश्माको व्यक्तिगत विषय नभएर कलाकारहरुलाई हठात् पार्टी प्रवेश गराउने यो शैलीले अन्ततः राजनीतिलाई नै ‘पोइल लैजानसक्ने’ खतरा डा. केसीले औँल्याएका छन् ।

">

 

विशेष