राजनीति मुख्य समाचार

एमाले स्थायी कमिटी बैठक धुम्बारारीमा जारी, यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक धुम्बारारीमा जारी, यस्ता छन् एजेण्डा


काठमाडौं । नेकपा एमालेले प्रदेश सभाका मुख्य मन्त्री, सभामुख र उपसभामुखको उम्मेदवार चयनबारे पार्टीभित्र छलफल शुरु गर्दैछ ।


माओवादी केन्द्रसँग भागवण्डा मिलेसँगै एमालेले आफ्नो भागमा परेका पदमा उम्मेदवार टुंगो लगाउन अहिले पार्टी कार्यालय धुम्बाराहीमा  स्थायी कमिटीको बैठक बसिरहेको छ । माओवादीसँगको सहमतिअनुसार ६ वटा प्रदेशमध्ये एमालेले १, ३, ४ र ५ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउनेछ ।

प्रदेश नम्बर १, ३, ६ र ७ मा सभामुख र ४ र ५ नम्बर प्रदेशमा उपसभामुख एमालेको भागमा परेको छ । मंगलबार विहान पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटीको बैठकमा उम्मेदवार चयनबारे छलफल हुन लागेको हो । एमाले सचिव प्रदिप ज्ञवालीले बैठकमा प्रदेशको संसदीय दलको नेता चयनबारे छलफल हुने बताए ।

५ नम्बर प्रदेश संसदीय दलले शंकर पोख्रेललाई नेता चयन गरेपनि बाँकी प्रदेशमा चयन हुन बाँकी छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले पहिले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाइने सचिव ज्ञवालीको भनाई छ । बैठकमा प्रदेशसभाको पहिलो बैठकमा पार्टीको प्रस्तुतीकरणका साथै राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने ज्ञवालीले बताए । माओवादी केन्द्रसँगको पार्टी एकता र अन्य समसामयिक राजनीतिक परिस्थितीबारे पनि बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

विशेष