कांग्रेस नेता धनराज गुरुङले ओलीलाई भनेः कालोबजारीयाको तालमा नांगै नाचेको हेर्न चाहन्न
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । शांकेतिक रुपमा उनले ओलीलाई ‘कालोबजारीयाको गीतको तालमा निर्वस्त्र नाचेको’ भनेका छन् ।
मंगलबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘एक जना श्रद्धेय नेताले ब्ल्याक मनीलाई ह्वाईट मनीमा रुपान्तरण गर्ने मौका दिने कुरा गर्नुभएछ । उहाँलाई कालोधनप्रतिको मोहको आरोप लगाउन चाहन्न तर तर कालोबजारीयाहरुको गतिको तालमा निर्वस्त्र नाचेको हेर्न चाहन्न ।’
गुरुङको यस्तो ट्वीट एमाले अध्यक्ष ओलीप्रति नै लक्षित थियो । ओलीले अघिल्लो दिन भाषणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘कालोधन वैध गर्न दिउँ’ भन्दै व्यंग्य गरेका थिए ।
ओलीको त्यस भनाइलाई लिएर धेरैले आलोचना पनि गरे । यही शिलशिलामा कांग्रेस नेता गुरुङले पनि ओलीको भनाइको आलोचना गरेका हुन् ।