भिडियो

पशुपतिनाथमा पारस शाहको नयाँ अवतार (भिडियो)

सुभेच्छुकको भीडले पारसले हिँड्ने बाटो पाएनन्

पशुपतिनाथमा पारस शाहको नयाँ अवतार (भिडियो)

काठमाडौं । विगत लामो समयदेखि सार्वजनिक ठाउँमा नदेखिएका पूर्वयुवराज पारस शाह मंगलबार दिउँसो पशुपतिको दर्शन गरेका छन् । मिडियाबाट नजर लुकाउँदै शाहले पशुपति, गुहेश्वरीलगायतको छायाँ दर्शन गरेका हुन् ।

कडा सुरक्षा व्यवस्थासहित आएका शाहले पशुपति क्षेत्रमा करिव एक घण्टा बिताएका थिए । पछिल्ला दिनहरुमा पूर्वयुवराज शाहले आफूले आफूलाई सुधारदै लगेको बताइएको छ । विगतमा धेरै अनियन्त्रित जीवनयपानका कारण विवादित बनेका थिए । जसका कारण उनको पारिवारीक सम्बन्ध पनि विग्रिएको थियो ।

लागूऔषधको कुलतमा फसेका शाह थाइल्याण्डका बसाइका क्रममा पक्राउ परेका थिए । शाह परिवारले मोटो रकम तिरेर उनलाई नेपाल फर्कएको थियो भने उनको श्वास्थ्यमा पनि समस्या आएको थियो ।

शाह बैंककबाट फकिएयता नेपालमा बस्दै आइरकेका छन् । सार्वजनिक कार्यक्रममा उति साह्रो नदेखिए पनि उनले पछिल्ला दिनहरुमा विभिन्न मठमन्दिरको दर्शन गरिरहेका छन् । उनको सुधारिएको व्यवहारले परिवारिक सम्बन्धमा राम्रो बन्दै गएको बताइएको छ ।

मंगलबार उनी पशुपति क्षेत्रमा पुग्दा उनको रुप रङ नै फरक देखिएको थियो । लामो दाह्री कपालमा झुल्किए शाहको गेटअफ नै फरक देखिएको थियो ।

विशेष