टेबल ठोक्न नपाउने भए सांसदले
बुटवल। संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् । तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् ।
सांसदको बैठकस्थल निर्माणमा भएको ढिलाइले यस प्रदेशका सांसदका लागि कुर्सीअगाडि टेबल राख्न नसकेपछि उनीहरु सो सुविधाबाट बञ्चित भएका हुन् । प्रदेश ५ का सांसदले पहिलो बैठक सपथग्रहणमा जस्तै सामान्य कुर्सीमा बस्नुपर्ने भएको हो । आजको अन्नपूर्णमा खबर छ ।