विचित्र विश्व

गर्भवती महिलालाई नचाउने डाक्टर

गर्भवती महिलालाई नचाउने डाक्टर


एजेन्सी । बच्चा जन्माउने तयारीमा रहेकी महिलाले आफ्नो भारी पेटका साथ अस्पतालको वार्डमै सङ्गीतको धूनमा ठुम्का लगाएर नाच्न थालिन् भने पक्कै ठानिएला कि तिनको मानसिक अवस्था सन्तुलनमा रहेन ।


तर, सर्वथा यस्तो ठान्नु उचित नहुन पनि सक्छ । ब्राजिलियन चिकित्सक डा। फर्नान्डो ग्देस दा कुन्हाको सुझाव मान्ने हो भने त गर्भवती महिलाको नाचप्रति आश्चर्य मान्ने होइन बरू उफ्रि–उफ्रि नाच्न तिनलाई उत्प्रेरित गर्नुपर्छ ।

आफूकहाँ जाँच गर्न आउने यस्ता महिलालाई उनी नृत्यको टिप्स मात्र दिँदैनन्, डान्स स्टेप्ससमेत सिकाउँछन् । मस्तले नाच्ने गर्भवती महिलालाई प्रसुतीकर्ममा सहजता हासिल हुने उनको दाबी छ ।

विशेष