विचित्र विश्व

सधैं जवान रहन् सर्पको विष ग्रहण

सधैं जवान रहन् सर्पको विष ग्रहण


एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाका यी युवकले आपूmलाई युुवा राख्न सर्पको विषको इन्जेक्सन लिने गरेको कुरा अगाडि आएको छ ।

स्टीव लुडविन नाम गरेका यी व्यक्तिले १७ बर्षको उमेरदेखि यसरी सर्पको विषको सुई लगाउने गरेको बताइन्छ । उनले ३० बर्षदेखि यस्तो गर्दै आएका छन् । यतिमात्र नभई उनीस‌ग १८ वटा सर्प छ जसको विष उनले निकाल्ने गर्दछन् । आफुले सर्पलाई भने कुनै नोक्सानी पु¥याउने नगरेको बताउंछन् । 

डेलिमेलका अनुसार, उनी ६ बर्षको उमेरको हुँदा उनलाई एउटा सर्पले टोकेको थियो तर उनलाई कुनै नोक्सानी भएन । स्टीवको बुबा पाइलट हुन् । उनी १० बर्ष हुँदा बुबाको साथमा एक कार्यक्रममा गएका थिए जहाँ बिल होस्ट नाम गरेका एकजना व्यक्तिले विषालु सर्पको विष लिने गरेको देखे ।

उनले विषालु सर्पले आयु बढाउने दाबी गरेका थिए र हुनपनि उनको मृत्यु १०० बर्षको उमेरमा भएको थियो । यही कुरालाई पछ्याउँदै उनले पनि सर्पको विष सुईमार्फत लिने गरेको बताइन्छ ।

विशेष