प्रचण्डलाई प्रधानमन्त्री बनाउने अफरले पार्टी एकतामा फरक पार्दैन (भिडियोसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन २०७२ को विजेता हुन् । उनले नेपाली कांग्रेसका नरबहादुर पुनलाई आठ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् । उनै नेता पौडेलसँग नेपाल आजले गरेको कुराकानीका सम्पादित अंश ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरिएको प्रधानमन्त्रीको अफरले पार्टी एकतामा कुनै पनि फरक नपर्ने नेता माओवादी नेता देवेन्द्र पौडेलले बताएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा अल्झिएका कुराहरुको गाँठो फुकाएर एकता हुनुपर्नेमा जोड दिए ।
सरकार गठन र पार्टी एकतालाई लिएर एमाले र माओवादी केन्द्रबीच विभिन्न तहमा भेटघाट र छलफल भइरहेको समेत पौडेलले बताए । संविधानमा उल्लेख भएको समाजवादी राज्य प्रणाली ल्याउन संविधान बनाउने बेलामा गरेको संकल्पलाई प्राप्त गर्नका लागि एमाले र माओवादीबीच एकताको खाँचो रहेको हुनाले माओवादीले एमालेसँग पार्टी एकताका लागि भेटघाट अगाडि बढाएको उल्लेख गरेका छन् ।
उनले भने, ‘समाजवादका आधारभुत प्रस्तावनाहरु मिलेका छन्, बामपन्थी विचार धाराका हाम्रा प्रस्तावनाहरु मिलेका छन् । तर दुइटै पार्टीले भनेको बहुदलीय जनवाद र माओवाद, नौलो जनवाद, एक्काइसौ सताब्दीको जनवादलाई बहसमा लैजाने भनेका छौं त्यसको मोटो सिद्धान्त मिलेको छ ।’
उनले पार्टी एकता तीन श्रृंखलामा गर्नु पर्ने बताएका छन् । ‘हामीले तीनवटा श्रृंखलामा तत्काल एकता गर्नुपर्ने देखिएको छ, जसमा विचार, सरकार र कार्यक्रमको श्रृंखलासमेत रहेको छ । यी तीवटा कुरामा छलफल हुन बाँकी रहेको हुनाले नै पार्टी एकतामा ढिला भएको हो ।’ उनले भने, ‘एमालेले कुनै पनि त्यस्ता कोर्ष परिवर्तन गर्यो भने पनि गठनबन्धलाई जनताले दिएको तीनवटा म्यानडेमा जनताले दिएको मत जस्तो पार्टी एकता, वामपन्थीको सरकार र सुशासन र स्थायित्वसहितको सरकारका लागि भोट दिएका हुन् ।’
उनले तीनवटा श्रृंखलामा पार्टी एकता हुने बताए । ‘हामीले तीनवटा श्रृंखलामा तत्काल एकता गर्नुपर्ने देखिएको छ, जसमा विचार, सरकार र कार्यक्रमको श्रृंखलासमेत रहेको छ । यी तीवटा कुरामा छलफल हुन बाँकी रहेको हुनाले नै पार्टी एकतामा ढिला भएको हो ।’ उनले भने ।
ओली र प्रचण्डको विकल्प खोज्न सकिने तर हाललाई दुबै नेता सक्रिय राजनीतिमा भएको र महत्वपूर्ण भुमिका रहेको हुनाले अहिलेलाई उनीहरुले विश्राम लिएमा मात्र विकल्प खोज्न सकिने बताए ।
दुई पार्टी मध्येबाट एक जना अध्यक्ष र एक प्रधानमन्त्री हुने भन्दै नेता पौडेलले उनीहरुको सम्माजनक स्थान हाँसिल हुने बताए । सरकार गठन र पार्टी एकता सँगसगै हुने पौडेलले जिकिर गरे । साथै, बाबुराम भट्टराई पनि वाम गठबन्धनमा आउने हुनाले बाहेक उनको अर्काे विकल्प नरहेको उनले प्रष्ट पारे ।