राजनीति

'नीति जनतामाझ पुर्‍याउन नसक्दा पराजय'

'नीति जनतामाझ पुर्‍याउन नसक्दा पराजय'

काठमाडाैं । नयाँ शक्ति पार्टीले आफ्नो नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याउन नसक्दा तीनै तहकाे निर्वाचनमा हार व्यहार्नुपरेको निष्कर्ष निकालेको छ । पुस १८ देखि २० सम्म कास्कीमा बसेको महाधिवेशन आयोजक समिति बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे ।

बैठकले पार्टीले तर्जुमा गरेको नीतिलाई जनमानसमा प्रभावकारी रुपले पुर्‍याई त्यसप्रति आकर्षित गराउन नसक्नु निर्वाचनमा पराजय व्यहोर्नुको मुख्य कारण रहेको ठहर गरेको हो । विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेल आदिमा लाग्नु र त्यसबाट उत्पन्न भ्रम चिर्न नसक्नुलाई पनि पार्टी हारको रुपमा लिइएको संयोजक बावुराम भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा बताइएकाे छ ।

साथै नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको मागलाई पनि सशक्त रुपमा उठाउने निर्णय गरेको छ । नयाँ शक्तिबाट प्रदेशसभामा ३ र प्रतिनिधिसभामा १ जना उम्मेदवारहरु विजयी भएका थिए ।

विशेष