राजनीति

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन् । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएका हुन् ।

अाज बस्ने बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल बताइएकाे छ । बिहीबार भएको सर्वदलीय बैठकमा वाम गठबन्धनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई बाधा नगर्ने बताएको थियो । सर्वदलीय बैठकको उक्त अनुमतिपछि प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक राखेका हुन्।

विशेष