राजनीति मुख्य समाचार

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय, नयाँ सरकार गठन कहिले हाेला ?

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय, नयाँ सरकार गठन कहिले हाेला ?

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अप्रत्यासित रुपमा डाकेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकबारे ब्रिफिङ गर्दै अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिति तय भएको जानकारी दिएका हुन्।

सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि पठाएको अध्यादेश राष्ट्रपतिले २ महिनासम्म अनुमोदन नगर्दा यो विषय विवादमा रहँदै आएको थियो। नेकपा एमालेको कडा विरोधका कारण चर्चामा रहेको विधेयकलाई अन्ततस् राष्ट्रपतिले अनुमोदन गरेकी थिइन्। बहुमतीय वा एकल संक्रमणीय व्यवस्थाअनुसार निर्वाचन गर्ने भन्ने विवादले नयाँ सरकार गठनको प्रकृयालाई थप लम्ब्याएको थियो।

विधेयकलाई राष्ट्रपतिले अनुमोदन गरेपछि मात्रै निर्वाचनका लागि बाटो खुलेको हो। माघ २४ गते निर्वाचन सम्पन्न हुँदा नयाँ सरकार गठनका लागि छिटोमा फागुन पहिलो साता लाग्नेछ । आज मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

विशेष