राजनीति

काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधारको प्रधानसेनापति द्वारा उद्घाटन

काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणसम्बन्धी भौतिक पूर्वाधारको प्रधानसेनापति द्वारा उद्घाटन

काठमाडौं । काठमाडौं–तराई/मधेश दु्रतमार्ग आयोजनाअन्तर्गतको मकवानपुर जिल्लास्थित नवनिर्मित भौतिक पूर्वधारहरुको प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उद्घाटन गरेका छन् । निर्माण कार्यदल सुरक्षा बेश लेनडाँडा र सुरक्षा बेश बुदुनेमा नवनिर्मित भौतिक पूर्वधारको महारथी क्षेत्रीले उद्घाटन गरेका हुन् । 

उक्त द्रुतमार्ग निर्माण गर्न आवश्यक पर्ने जनशक्ति, विष्फोटक पदार्थ लगायत विभिन्न बन्दोबस्ती सामाग्रीहरु भण्डारण र वितरण लगायतका कार्यहरु निर्माण सम्पन्न सुरक्षा बेशहरुबाट सहज हुने अपेक्षाकासाथ सुरक्षा बेशहरुको स्थापना गरिएको हो । हालसम्म ५ वटा स्थायी कार्यदल सुरक्षा बेश स्थापना भईसकेको र अन्य सुरक्षाबेशहरु आवश्यकता अनुसार स्थापनाको क्रममा रहेका छन् ।

उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।

विशेष