राजनीति

संविधान नै सरकार गठनमा बाधकः अध्यक्ष यादव

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा  संविधान नै बाधक बनेको बताएका छन् । 

सप्तरीको राजविराजमा आज कार्यकर्तासँगको भेटमा उनले संविधान संशोधन गरेर मात्रै मुलुकले निकास पाउने बताए । आफूहरूले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेका कारण समस्या आएको अध्यक्ष यादवले बताए ।

upendra yadav

विशेष