राजनीति मुख्य समाचार

यस्तो छ दाहाल–ओलीको एकताको खाका

यस्तो छ दाहाल–ओलीको एकताको खाका

काठमाडाैं । अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ नेता माधव नेपालसँग एक्लै छलफल गरेका थिए।

एकता प्रक्रियामा सबैलाई सहभागी गराउँदा जटिलता देखिने भएपछि माओवादी अध्यक्ष दाहाल र ओलीले मात्र छलफल गरी खाका बनाउने र त्यसमा दुवै पार्टीलाई सहमति गराउने रणनीति लिएका हुन्। ‘दुई नेताबीच गम्भीर छलफल गरेर एकताको खाका आउँछु,' एमाले नेता शंकर पोखरेलले भने, ‘६ बुँदे सहमति गर्दा नै शीर्ष नेताले एकताको पहल गर्ने उल्लेख थियो।'

पार्टीको नेतृत्व र संरचनाबारे टुंगो लागेपछि मात्र एकतालाई तल्लो तहसम्म लैजाने नेताहरू बताउँछन्। चुनावपछि बधाई दिने र कार्यक्रमको निम्तो दिनेहरूको भीड बढेपछि धपेडी र बाहिरको खानाका कारण ओली बिरामी परेका थिए।

उनको सचिवालयका अनुसार बिरामी भएका कारण भेटघाटलाई पूर्णरूपमा बन्द गरिएकाले ओलीले तीन दिनयता पार्टीका केही नेतासँग मात्र बसेर एकताका अनेक सूत्रबारे छलफल गरेका छन्। राति अबेर मात्र सुत्ने गरेका ओली माओवादी अध्यक्ष दाहालसँग नियमित सम्पर्कमा छन्।

‘दुई नेता बसेर एकताको मोडालिटी तयार पारेपछि एकता प्रक्रिया सुरु हुन्छु, नेता पोखरेलले भने। एमाले नेताहरूले सरकारको नेतृत्व ओलीले गर्ने भएकाले दाहाल र ओलीले पार्टीको संयुक्त नेतृत्व लिने गरी मोडालिटी तयार पार्न ओलीलाई सुझाएका छन्।

‘एकता अधिवेशनसम्म संयुक्त नेतृत्व हुने गरी अघि बढ्छ होलाु, नेता पोखरेलले भने। ओलीनिकट नेताहरूले ओली र दाहाल सहअध्यक्ष हुने गरी पार्टी नेतृत्व सञ्चालन गर्नुपर्ने र महाधिवेशनपछि सहमतिका आधारमा मात्र एकल नेतृत्व हुनुपर्ने तर्क गर्दै आएका छन्। दुवै नेतासहित एकता संयोजन समितिलाई ‘स्थायी कमिटी' का रूपमा पनि अघि बढाउन सकिने, दुवै नेता पार्टीको संयुक्त नेतृत्वमा रहँदा महासचिव पद राख्ने कि नराख्नेलगायत अनेक विकल्पमा छलफल केन्द्रित भइरहेको ओली निकट नेताहरू बताउँछन्।

माओवादी केन्द्रका नेता भने एकले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिने गरी सहमतिको खाका खोजिनुपर्ने बताउँछन्। ‘दुवै नेताको सम्मानजनक नेतृत्व स्थापित हुने गरी एकताको खाका बन्नुपर्छु,' माओवादी केन्द्रका एक नेताले भने, ‘दुवै नेता खाका बनाउन लागेकाले सबैलाई स्वीकार्य हुने प्रस्ताव आउने विश्वास गरेका छौं।' एकता प्रक्रियामा खाका बनाइरहेका ओली र दाहाल दुवै जना दोस्रो तहका नेताहरूका सार्वजनिक अभिव्यक्ति बन्द गराउने पक्षमा छन्। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

विशेष