विचित्र विश्व

प्रेमिकाले दिएकाे उपहार ४७ वर्षसम्म नखाेल्ने यी कस्ता प्रेमी !

प्रेमिकाले दिएकाे उपहार ४७ वर्षसम्म नखाेल्ने यी कस्ता प्रेमी !

एजेन्सी । आफ्ना प्रेमी वा प्रेमिकाले दिएको उपहार प्रायः सबैलार्इ खाेलेर हेर्न हतार हुन्छ । तर क्यानाडाका एक प्रेमीले क्रिसमसका अवसरमा आफ्नी प्रेमिकाले दिएको उपहार ४७ वर्षसम्म पनि खोलेर हेरेका छैनन् ।

४७ वर्षीया एड्रियन पियर्स पहिला प्रेमिकाले दिएको उपहार क्रिसमस ट्रिमुनि अहिलेसम्म नखाेली राखेका छन् । १२ कक्षामा पढ्दै गर्दा उनलाई भिकी नामकी प्रेमिकाले उक्त उपहार दिएकी थिइन् । त्यतिबेला पियर्स १७ वर्षका थिए ।

क्रिसमसमा विदा मनाउने क्रममा भिकीले उनलाई उपहार दिएकी थिइन् । उपहार दिएलगत्तै उनीहरूको विछोड भएको थियो । विछोड भएको केही दिन पछि पियर्स र भिकीको भेट भएको थियो तर उक्त भेट पछि उनीहरु सधैंका लागि टाढिएका थिए ।

विछोडको पीडा लिएर घर फर्केका पियर्सले रिसले चुर हुँदै उक्त उपहार क्रिसमस ट्रिमुनि फालेका थिए । परिवारका सबै सदस्यले आ–आफ्नो उपहार खोलेपछि उनले भने त्यो उपहार खोलेनन् । ‘आफूले उक्त उपहार कहिल्यै नखोल्ने परिवारलाई बताएको थिएँ,’ पियर्सले क्यानाडाको समाचार संस्था सिबिसीसँग कुरा गर्ने क्रममा भने ।

अहिले उक्त उपहारलाई हेर्ने बानी परिसकेको समेत पियर्सले बताएका छन् । ‘भिकीसँग कुनै दिन भेट हुने आशा राखेको थिएँ र दुबै जना मिलेर खोल्ने सोचेको थिएँ,’ पियर्सले बताए ।

तर उनीसँग भेट नभएपछि ‘४७ वर्षपछि पनि उपहारलाई हेर्ने बानी परेको छ र नखोलेकोमा नै म खुशी छु,’ उनले थपे । तर उपहार पाएको ५० औं अवसरमा उक्त पुरस्कार खोल्ने योजना समेत सुनाएका थिए ।

विशेष